पुजा गौतम सवांददता गुल्मी । जिल्लामा चट्याङ लागेर ११ वर्षीय बालकको मृत्यु भएको छ । बुधबार साँझ चट्याङ्ग लागेर ईस्मामा गाउँपालिका वडा नं ४ दोहोली कुखुरीकाच्यानका राम बहादुर गन्धर्भका ११ वर्षीय छोरा राहुल गन्धर्भको मृत्यु भएको हो ।
चट्याङले लागेर गम्भीर घाईते भएका उनको उपचारको क्रममा जिल्ला अस्पताल गुल्मीमा मृत्यु भएको जिल्ला अस्पताल गुल्मीका डाक्टर सिद्धार्थ उपाध्यायले पुष्टी गर्नुभयो । चट्याङले लागेर अन्य ६ जना घाईते भएका छन् ।
सोही वडाको ढाँडा गाउँकी राधा भनेर चिनिने १७ बर्षीया राधिका खत्रीको अवस्था पनि गम्भीर रहेको छिमेकी मायाँ कुवँरले बताईन् । ढाँडा गाउँकी २५ बर्षीया शर्मिला खत्री र २३ बर्षीया गोमा खत्री पनि चट्याङ्ग लागेर घाईते भएको जिल्ला प्रहरी गुल्मीका प्रहरी प्रबक्ता डिएसपी पुरुषोत्तम प्रसाद पाण्डेल जानकारी दिए ।
उनका अनुसार त्यस खत्री परिवारका दुई वटा बाख्रा र एउटा बोका चट्याङ्ग लागेर मरेका छन् । सोही वडाको दोहलीस्थित मालारानी टोलकी २५ बर्षीय रुपा नेपाली पनि घाईते भएकी छन् ।
स्थानीय स्वास्थ्य संस्थामा सामान्य उपचार पछि अहिले घाईतेहरुलाई थप उपचारका लागि जिल्ला अस्पताल तम्घास लगिएको डिएसपी पाण्डेले बताए ।