स्वर्गद्धारी दुर्घटनामा घाईते सन्दिपको उपचारको क्रममा मृत्यु !

स्वर्गद्धारी दुर्घटनामा घाईते सन्दिपको उपचारको क्रममा मृत्यु !

Badigad Online
1 Min Read

नयाँ वर्षमा दुर्घटनामा परि घाईते भएका सन्दिप परियारको उपचारको क्रममा मृत्यु भएको छ । नयाँ वर्षकोदिन स्वर्गद्धारीमा जीप दुर्घटनामा घाईते मल्लरानी गाउँपालिका–३ चौरपानीका सन्दिप परियारको उपचारका क्रममा शुक्रबार मृत्यु भएको हो ।

सन्दपिको काठमाण्डौं महाराजगञ्ज स्थति टचिङि अस्पतालमा आईसीयुमा राखेर उपचार भैरहेको थियो । उपचारको लागि आर्थिक अभाव भएपछि विभिन्न सामाजिक अभियान चलाएर आर्थिक संकलन समेत गरिएको थियो ।

सन्दिप जिल्ला प्रशासन कार्यालय गुल्मीमा खरदिर पदमा कार्यरत हुनुहुन्थ्यो। बैशाख १ गतेको दुर्घटनामा स्याङजा स्थायी घर भएर जिल्ला प्रशासन कार्यालय गुल्मीमा कार्यरत प्रशासकीय अधिकृत ३९ वर्षीय श्याम न्यौपाने, चालक २२ वर्षीय केशव कार्की, नायव सुब्बा ईश्वरी भण्डारी, खरिदार यमलाल पन्थी र सूर्य पन्थीको घटनास्थल मै ज्यान गएको थियो ।

गुल्मीको तम्घासदेखि स्वर्गद्वारी मन्दिर दर्शनका लागि जाँदै गरेको लु १ च १६५५ नम्बरको जिप स्वर्गद्वारी नगरपालिका वडा नम्बर ३ रूमालेमा दुर्घटनामा परेको थियो ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित