बडिगाड अनलाइन । बाग्लुङको बडिगाड गाउँपालिकामा करेन्ट लागेर एकजनाको ज्यान गएको छ ।
गाउँपालिकाको वडा नं ५ दाँग घैयाबारी निवासी २१ वर्षीय रमेश पाईजाको करेन्ट लागेर ज्यान गएको हो ।
सिमाक स्थायी घर भई दाँगमा डेरा गरेर बस्दै आएका पाईजा आफ्नो घरमा विद्युत नभएपछि श्रीमतीको फुपुकोमा मोबाईल चार्ज गर्न भनेर गएका थिए ।
मोबाईल चार्ज गर्ने क्रममा लाईटबाट डाटा केबल जोडी चार्ज गर्न खोज्दा चुडेको डाटा केबलबाट करेन्ट प्रवाह भई घटनास्थलमै ज्यान गएको हो । मृतक पाईजाका १ श्रीमती र १८ महिनाकीे छोरी रहेका छन् ।
अहिले मृतक पाईजाको शवलाई पोष्ट मार्टमका लागि बुर्तिबाङ लगिँदै गरेको बताईएको छ ।
Badigad Online