बडिगाडकी एक महिला १ हप्तादेखि बेपत्ता !

बडिगाडकी एक महिला १ हप्तादेखि बेपत्ता !

Badigad Online
1 Min Read

बडिगाड । बागलुङकी एक महिला १ हप्तादेखि बेपत्ता भएकी छिन् । जिल्लाको बडिगाड गाउँपालिका वडा नं ७ भिमगिठे माईत भएकी २९ वर्षीय निर्मला खत्री रोका एक हप्तादेखि हराएको परिवारजनले बताएका छन् ।

बडिगाड माईती घर भई काठमाण्डौको थानकोट बस्दै आएकी उनी श्रावण २३ गतेदेखि बेपत्ता भएकी हुन् । रोकाको मानसिक सन्तुलन ठिक नभएको र घरबाट निस्किएपछि फर्किएर नआएको बताईएको छ ।

छरछिमेक,आफन्त र खोज्नुपर्ने सबै ठाउँ खोज्दा पनि कतै पत्ता नलागेपछि परिवारजनले खोजि गरी सहयोग गरिदिन सबैलाई आग्रह गरेका छन् ।

कालो वणर्की कुर्ता सुरुवाल लगाएकी फोटोमा देखाईएकी महिला कहीँ कतै देखे परिवारको सम्पर्क नम्बर ९८६७७९३२८० मा सम्पर्क गरिदिन परिवारले आग्रह गरेका छन् ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित