निरन्तरको वर्षातले बडिगाडका २७ घरमा बाढी पस्यो !

निरन्तरको वर्षातले बडिगाडका २७ घरमा बाढी पस्यो !

Badigad Online
1 Min Read

बडिगाड  : अविरल वर्षासगैं ठाडो खोलामा आएको बाढीले बडिगाडका २७ घरमा क्षति पुर्याएको छ । वर्षातका कारण बडिगाड गाउँपालिका ९ मा रहेको ठाडो खोलामा आएको बाढी मैदाले गाउँमा पस्दा क्षति पुर्याएको हो ।

मंगलबार राति करिव १२ बजेको समयमा मैदालेका करिव २७ घरमा पानी पसेको स्थानिय टोपबहादुर पुनले बताउनुभयो । राति सबैजना सुतेको समयमा एक्कासी बाढी गाउँमा पस्दा रातभर स्थानिय जाग्राम बस्न बाध्य बनेको उहाँले बताउनुभयो ।

ईलाका प्रहरी चौकी भिमगिठेको टोली अहिले उक्त क्षेत्रमा पुगेको स्थानिय निम बहादुर केसीले बताउनुभयो । वडा अध्यक्ष कृष्ण केसी लगायत अन्य जनप्रतिनिधि र स्थानीयहरु उक्त स्थानमा पुगेका छन् । त्यहाँ पुग्ने मोटर बाटो समेत बाढीले अवरुद्ध पारेको छ ।

यता गुल्मी जिल्लाको मालिका गाउँपालिका पाताखर्क भन्ने स्थानबाट आएको पानीले गाउँमा आईपुग्दा बाढीको रुप लिएको थियो । गाउँका प्रायः सबै घरहरुमा हिलो सहित पानी पसेको छ । खानेपानीका मुहान,स्थानियहरुको तरकारी टनेल, धान खेत समेत बाढीले पुरेको स्थानियहरुले बताएका छन् । घटना र क्षेतिको बारे थप विवरण आउन बाकीँ रहेको छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित