दिपेन्द्र खत्री : कुन समयमा मानिसलाई आपत आइलाग्छ त्यो कसैलाइै थाहा हुँदैन् । समाजमा सबैकी असल र प्रिय रहेकी सुनिता वि.क काे जीवनमा अप्रत्याशित घटना घटेको छ । उक्त घटनाले उनको जीवनमा सुन्दर संसारको कल्पना–कल्पनामै सिमित हुने भएको छ ।
अर्घाखाँचीकाे छत्रदेव गाउँपालिका वडा नः ८ (सिठेनी ) की २७ वर्षिय सुनिता वि.क जीवन-मरणको दोसाँरमा छिन् । आफुलाई निकाे बनाउने विमारकाे औंषधी नै नभएकाे बताउने पीडित वि.क थलिएको चार वर्ष भन्दा धेरै भयो ।
आफुले छिमेकीकाे ज्यालादारी पेशा गर्दै अाफ्ना दुई छाेरा पाल्दै अएकी वि.कले आफ्नाे जीवनमा यस्ताे हाेला भनेर कल्पना सम्म गरेकी थिईनन् । अाज भन्दा चार बर्ष अगाडि नेपालमै नभएकाे राेग लुफस बाट ग्रसित भएकी वि.क ले अाफु बाच्ने अाशा भएकाे र याे संसार हेर्ने अाशा भएकाे वताईन् ।
लुफस राेग बाट पिडित उनी मलाई यस्ताे राेग लाछ,भन्ने सुन्दा हस्पिटल भित्र नै अाफु ठुलाे छागा बाट खसेझै भएकाे बताउँछिन् । अाफ्नाे श्रिमानले भारतकाे हाेटलमा सामान्य काम गर्दै अाएकाे र अाफुले दिनभर ज्यालादारी गर्दा सम्म अाफ्नाे चार जनाकाे परिवारकाे छाक टार्ने अप्ठ्यारो भएकाे बेला अाफु लाई यस्तो राेगले छाेएकाे बताईन् ।
वि.कको परिवारसँग भएको अलिअलि पैसा यस अघिनै विभिन्न अस्पतालमा चेकजाँचमै सकियाे । उनलाई थप उपचारका लागि व्यक्तिगत रुपमा सहयाेग उठाईयाे । स्थानीय सरकारले पनि केही सहयाेग गर्याे । तर विरामी वि.कलाई विसकाे उन्नाईस भएन । मृत्यु कुरिरहेकी वि.कले ओछ्यानमै बाच्ने आशले लडिरहेकी छिन् । गाउँमा थाेरै जग्गा र सानो घरबाहेक अरु केही छैन उनको परिवारसँग।
‘अब कसले बचाउँछ,’ आँखाभरी आसुु पार्दै श्रीमान् प्रकाश वि.कले भने । आँखै अगाडि नै श्रीमती काे मृत्यु देख्न कसले पो सक्छ र? तर प्रकाश सँग श्रीमतीको मृत्यु पर्खेर बस्नुबाहेक कुनै विकल्प छैन। ‘बेलाबेलामा आत्महत्या गरौंझैं लाग्छ’ उन्ले भने। दिनभर मजदुरी गरेर गुजारा चलाउने श्रीमान् प्रकाशकाे दैनिकी श्रीमतीको हेरचाहमै बित्छ । ‘श्रीमती बाच्छे भन्ने आशा त छैन’ रुन्चे स्वरमा उनले भने, ‘थप उपचारका लाई पैसा ल्याउने सम्भावनै छैन । पैसै नभएपछि बाच्ने आशा पनि मरिसक्योे।‘
(मृत्यु कुरेर ओछ्यानमा सुतेकी एउटा पीडितलाई हामीले गरेको सानो सहयोगले पुनर्जीवन दिन सक्छ) । थप जानकारीका लागि पत्रकार दिपेन्द्र खत्री,सम्पर्क: 9863325121,9842920983)