जीवन पाण्डे, बाग्लुङ्ग, साउन १० – जिल्लाको पश्चिम क्षेत्र बडिगाड गाउपालिका वडा न. ०१, मा चोरीको बितण्ड मच्चिएको छ । बडिगाड -०१, तुन्डामा वडा कार्यलय सहित २ वटा सरकारी कार्यलयमा तोडफोट भएको छ । तुन्डाडा कृषि समूह को कार्यलयमा तोडफोड एबम चोरी भएको छ । त्यसैगरी उक्त वडाको तुण्डाडा,नेपाने र ओभाङ गरि विभिन्न व्यक्तीको ७ घरमा तोडफोड एबम ठूलो मात्रामा चोरी भएको छ । यो घटना साउन ०८ गते राती भएको हो । यस घटनामा कार्यलय तोडफोट पछि कार्यलय सुधार गर्न धम्की सहितको पत्र पनि छोडिएको छ ।
बिगत केही महिना यता देशभर बिभिन्न खालका घटना हरु आइराखेका छन तर बडिगाड एबम पुरै बाग्लुङ क्षेत्रमा टोडफोड एबम चोरीको घटनाले सबैमा आश्चर्यचकित बनाएको छ । यस घटनाले सिङ्गो बडिगाड गाउपालिका बासि नै त्रसित बनेका छन । यस घटनामा लोडफोट एबम चोरी भएका कार्यलय एबम घरहरु लाइ पुर्ण रुपमा मानिस नभएको बेला तोडफोड र चोरी गरिएको वडा न. १ का वडाध्यक्ष बोम बहादुर थापाले बडिगाड अनलाइलाइ जानकारी दिनुभयो ।
तोडफोट एबम लुटपाट भएका २ सरकरी कार्यलय मध्य वडा कार्यलयको गेटको ताल्चा तोडिएको छ । वडाध्यक्षको कार्यकक्षको ताल्चा तोड्न प्रयास गरेको र नसकी छोडेको जस्तो देखिन्छ । त्यसैगरी खड्क देवि माध्यमिक बिधालयमा कार्यलयको ताल्चा तोडिएको छ । बिधालयको कार्यलयमा कुनै क्षेती नगरेको तर चेतावनी स्वरुप त्यहा एक पत्र छोडिएको छ जसमा “हामी माथिको मान्छे हो, स्कुल राम्रो गरा नभए हामी मास्टर र व्यवस्थापन समितिका सबैलाइ गोलि हानी आगो लगाएर भष्म बनाउने छौ” भनी लेखिएको छ ।
यता अर्को तुन्डाडा कृषि समितिको कार्यलयमा तोडफोड एबम चोरी दुबै भएको छ । यसमा कार्यलयको ढोका टोडि कार्यलय भित्रको टेवुलको घर्रा बाट रु. ३६,५०० पैसा र नेपाल बैंक लिमिटेडको चेक चोरिएको वडाध्यक्ष थापा ले बताउनुभयो । उक्त कार्यलयमा एक चिठी पनि छोडिएको छ जसमा “तिमिहरुले जनतालाइ ठग्नु ठग्यौ यो मेरो मायालुको गाउँ हो तिमिले पछि देख्ने छौ” भन्ने लेखेर छोडिएको छ ।
त्यसैगरि तोडफोड एबम चोरी भएका ७ वटा घर एबम पसलमध्य दगातुन्डाडा औषधि पसलको ताल्चा तोडिएको छ । यस औसधी पसलमा भएको क्षेती भने अझै यकिन नभएको स्वास्थ्यकर्मी यान बहादुर श्रेष्ठले जानकारी दिनुभयो । छविलाल भुजेलको किराना पसल एबम होटलका चारवटा ढोकाका ताल्चा तोडेर बाकसमा जम्मा गरि राखिएको १५,५०० रुपैया चोरि भएको छ । सामान कति चोरी भयो त्यसको यकिन नभएको बताइएको छ । देविराम श्रीषको किराना पसल टोडि सानो डिब्बामा जम्मा पारिएको ७०० रुपैया नगद चोरिएको छ भने सामनको यकिन भएको छैन । चन्द्रकला थापाको पसल तोडि नौ वटा रेडबुल खाइएको छ । उक्त पसल बाट रु ५००० पैसा पनि चोरि भएको छ ।
नेपानेमा टन्क भुजेलको घरमा टोडफोड गरिएको छ । टन्क भुजेल अहिले बडिगाड -०२, खर्वाङको घरमा बस्दै आएको जानकारी आएको छ । नेपानेमा मानिस नभएको घरमा तोडफोड गरिएको हो । त्यसैगरी गङ्गा भुजेलको घर तोडफोट गरि बच्चाको कानमा लगाउने सुनको टप र नगद २२०० रुपैया चोरि भएको छ । गङ्गा पहिरोको डरले अर्को घरमा गएको बेला उक्त घरमा यो घटना भएको जनाइएको छ । यता ओभाङमा पनि पुष्पा थापा दिदिबहिनी सहकारीको हिसाबकिताब गर्न भनी बडिगाड -०२, खर्वाङ झरेको बेला बन्द घरलाइ तोडफोड गरि ७.५ तोला सुन एबम नगद ८०,००० रुपैया चोरिएको कुरा आएको छ । यो खवर आएपछी आफू ओभाङको घटनास्थल तर्फ जाँदै गरेको वडाध्यक्ष थापाले जानकारी दिनुभयो ।
धम्की सहितको चिठिको तलपट्टि फलानो बहादुर पुन घर्ती नाम लेखी हस्ताक्षर गरि छोडिएको छ । यो सम्पुर्ण घटना भएपछी बडिगाड -०२, खर्वाङबाट प्रहरि सहायक निरिक्षक मन बहादुर कार्की सहित २ जनाको टोलि घटनास्थलमा पुगेको छ । यो घटना कसले गर्यो भन्ने अझै यकिन भएको छैन । कल्पनाबाट बाहिर रहेको यस घटनामा पुगि अहिले उक्त स्थानका जनप्रतिनिधी,बुद्दिजिवी सङ्ग स्थलगत अनुगमन गरेको र अनुगमन पछि अनुसन्धानको कार्य सुरु गर्ने प्र.स.नि कार्किले जानकारी दिनुभएको छ ।