सागर भण्डारी गुल्मी,भाद्र ११ : गुल्मीको मुसिकोट नगरपालिकाले वित्तिय प्रगतीमा उल्लेख्य प्रगती हासिल गरेको छ । शुक्रवार आयोजित वार्षिक समिक्षा गोष्ठीका अवसरमा प्रमुख प्रशाशकीय अधिकृत खिमानन्द भुषालले गत आर्थिक वर्षमा नगरपालिकाले ८३ंं.६ प्रतिशत वित्तिय प्रगति हासिल गर्न सफल भएको जानकारी गराउनुभयो ।
आर्थिक वर्ष २०७७/७८ को प्रगती प्रतिवेदन प्रस्तुत गर्दै भुषालले चालु तर्फ ८९.०९ र पूँजीगत तर्फ ७६.३६ प्रतिशत वित्तिय प्रगती हासिल भएको बताउनभुयो । गत आर्थिक वर्षमा सञ्चालित १६२ योजनाहरुमध्ये १ सय ५६ वटा योजनाहरु कार्यान्वयन भईसकेको जसमध्ये १४६ वटा योजनाहरुको भुक्तानीको काम पनि सकिईसकेको र बाँकी ६ वटा योजनाहरु कार्यान्वयनको चरणमा रहेको जानकारी दिनुभयो ।
सोही कार्यक्रममा भुषालले सीमीत श्रोत साधन,कर्मचारी अभाव,प्रतिभा पलायन तथा बसाईँसराई लगायतका यावत समस्याका बाबजुद पनि यस अकंमा वित्तिय प्रगती प्राप्त हुनु उत्कृष्ट कार्य भएको बताउनुभयो । भुषालले नगरपालिकाको निर्माणसगैं आवश्यक स्थानीय कानुन (शाशकीय पूर्वाधारहरु) निर्माण,बौद्धिक सम्मेलन,उज्यालो नगर घोषणा,कृषिमा ५० प्रतिशत व्याज अनुदान,बडिगाड करिडोर सम्मेलन,विद्यालय दिवा खाजा कार्यक्रम,सहुलियत कर्जा कार्यक्रम र एक घर एक धारा जस्ता महत्वपूणर् कार्यक्रमहरु सञ्चालन भएको जानकारी दिनुभयो ।
कार्यक्रममा विभिन्न शाखाका शाखा प्रमुखहरुले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । पशु सेवा शाखाका महेन्द्र पन्थीले यस आर्थिक वर्षमा कोभिड प्रभावित भएर गाउँ फर्केका युवाहरुलाई अनुदान,सहुलियत कर्जाका लागि विभिन्न बैकंहरुसगं सिफारिस,भकारो सुधार लगायतका महत्वपूणर् कार्यक्रम सहित अन्य नियमित कार्यक्रमहरु सम्पन्न भएको र विनियोजन बजेटबाट समानीकरण तर्फ ९७.४ र सघीयं ससर्त तर्फ ९९.३३ प्रतिशत वित्तिय प्रगती भएको बताउनुभयो ।
त्यस्तै कृषि शाखा प्रमुख जनक पौडेलले कृषि औजार र उपकरणहरुमा अनुदान,प्लाष्टिक टनेल,कफी खेती प्रवद्र्धन कार्यक्रम ,अगुवा कृषक पहिचान तथा परिचयपत्र वितरण,कफी लगाऔ आम्दानी बढाऔँ, एक स्थानीय तह एक उत्पादन,विभिन्न उत्पादन मुलक ठाउँको पहिचान र पकेट क्षेत्र घोषणा लगायतका कार्यक्रमहरु सम्पन्न गर्दा विनियोजित बजेट मध्ये समानीकरण तर्फ ८७ प्रतिशत र सघींय सशर्त तर्फ ६० प्रतिशत वित्तिय प्रगती भएको जानकारी दिनुभयो ।
स्वास्थ्य शाखा प्रमुख डिबी जिसीले कोभिडका कारण जनस्वास्थ्यका कार्यक्रम सञ्चालन गर्न कठिनाई भएपनि स्वास्थ्य शाखाले नियमित कार्यक्रम मार्फत शसर्त तर्फ ७०.३६ प्रतिशत र समानीकरण तर्फ ९३.२३ प्रतिशत वित्तिय प्रगती हासिल गरेको जानकारी दिनुभयो । उहाँले स्वास्थ्य क्षेत्रमा कर्मचारी अभाव प्रमुख चुनौती बनेको धारणा व्यक्त गर्नुभयो ।
गोष्ठीमा नगरउपप्रमुख कमला शर्माले नगरपालिकाले पूर्वाधार विकासको क्षेत्रमा उल्लेख्य प्रगती गरेको भन्दै सबै काम स्थानीय सरकारले नै गरिदियोस् भन्ने नागरिकको भावना र दायित्वबोध नहँुदा कतिपय योजना सम्पन्न गर्न कठिनाई सिर्जना हुने गरेको बताउनुभयो ।
नगरप्रमुख सोमनाथ सापकोटाले केन्द्र र प्रदेश सरकारको दाँजोमा नगरपालिकाले सन्तोषजनक वित्तिय लक्ष्य हासिल गरेको दाबी गर्नुभयो । उहाँले गत आर्थिक वर्ष २०७७/७८ मा केही महत्वपूणर् आयोजनाहरुको थालनी भएको बताउनुभयो । नगरपालिकाको प्रशाशकीय भवन निर्माणको काम, १५ बेडको मुसिकोट आधारभूत अस्पताल निर्माणको काम प्रारम्भ भएको भन्दै गत आर्थिक वर्षमा ११ वटा खानेपानी आयोजना सम्पन्न भएको र अहिले सम्म झण्डै ८० प्रतिशत घरधुरीमा एक घर एक धारा पुगेको जानकारी दिनुभयो ।
त्यस्तै विभिन्न स्थानमा ६६ वटा कोठाका विद्यालय भवन निर्माण,कफी विकास केन्द्रलाई नगरपालिकाको पहलमा २ सय रोपनी जग्गा प्राप्ति,विउ श्रोत केन्द्रको स्थापना लगायत सुरक्षित आवास कार्यक्रम र सडकहरुको स्तरवृद्धि गर्ने काम भएको बताउनुभयो ।
नगरप्रमुख सापकोटाले वर्खा र हिँउद दुवै समयमा नगरपालिकाका ९ वटै वडामा नियमित सवारी सञ्चालन हुँदै आएको र निर्वाचित भएको १ सय दिनमै उज्यालो नगरपालिका घोषणा कार्यक्रम सम्पन्न भएको जानकारी गराउँदै अबको आर्थिक वर्षमा ९ वटै वडालाई केन्द्रीय प्रशारण लाईनमा जोडिने जानकारी दिनुभयो ।
उहाँले बेरुजुलाई अनियमितताकै रुपमा बुझ्नु गलत भएको भन्दै कतिपय कागजी प्रक्रिया नपुगेका र रुजु हुन बाँकी रहेका योजनाका कारण बेरुजु आएको र त्यसलाई रुजु गर्ने काममा नगरपालिका गम्भीर भएर लागेको बताउनुभयो । नगरप्रमुख सापकोटाले राज्यको नीती र पद्धती नै व्यवहारिक नहुँदा कतिपय काममा कठिनाई भएको भएपनि नगरपालिका समृद्धिको बाटो तर्फ उन्मुख हुँदै गएको दाबी गर्नुभयो ।
गोष्ठीको अवसरमा बोल्ने वक्ताहरुले योजनाहरुको अनुगमनको काम व्यवस्थित गर्न र सञ्चालित योजनाहरु सम्पन्न गर्ने मात्रै नभई त्यसको दिगो व्यवस्थापनमा ध्यान दिनुपर्ने सुझाएका थिए ।
सोही अवसरमा नगरपालिकाको आर्थिक वर्ष २०७८/७९ को वार्षिक बजेट नीति कार्यक्रम तथा बजेट समेटिएको पुस्तकको समेत विमोचन गरिएको थियो ।
कार्यक्रममा वडाध्यक्ष,कार्यपालिका सदस्य,विभिन्न विषगत समितिका पदाधिकारी,उपभोक्ता समिति,विभिन्न कार्यालयका प्रमुख तथा प्रतिनिधि,नगरपालिकाका कर्मचारी,पत्रकार,सुरक्षाकर्मी लगागयतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन नगरपालिकाका सुचना अधिकारी प्रकाश घिमिरेले गर्नुभएको थियो ।