दुई दिनदेखि अवरुद्ध रिडी-रुद्रवेणी सडक सुचारु !

दुई दिनदेखि अवरुद्ध रिडी-रुद्रवेणी सडक सुचारु !

Badigad Online
1 Min Read

गुल्मी । अबिरल वर्षासँगै गएको पहिरोले अबरुद्ध बनेको रिडी रुद्रावेणी सडक सुचारु भएको छ ।

शुक्रबार सडक खण्ड अन्र्तगत रुरुक्षेत्र गाउँपालिका –२ साघुरेमा सडक माथिबाट ढुङ्गा र माटो सहितको पहिरो खसेको थियो । अवरुद्र बनेको सडक शनिबार दिउँसोबाट सुचारु भएको अस्थायी ट्राफिक प्रहरी पोष्ट रिडीका हवल्दार जगत खनालले बताए ।

पानी निरन्तर रुपमा परिरहेको पहिरो खस्ने क्रमम रहिरहेकाले सडक खुलाउन समस्या परेको थियो ।

रिडी रुद्रावेणी सडक जिल्लाको व्यस्त सडक मानिन्छ । सोहि सडक भएर गुल्मी जिल्ला र छिमेकी जिल्ला बाग्लुङसम्मका सवारी साधनहरु ओहोरदोहोर गर्ने गर्दछन् ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित