अजय खड्का : गुल्मीको धुर्कोट गाउँपालिकामा बस्ति भित्र चितुवा फेला परेको छ ।
गाउँपालकाको वडा नं ५ वस्तुमा ज्यादै दुब्लो,राम्रो संग हिडडुल समेत गर्न नसक्ने चितुवा फेला परेको हो । घाइते र कमजोर रहेको चितवालाई एक गोठमा देखेपछि स्थानियले वन कार्यालयमा खबर गरेका थिए ।
उक्त चितुवालाई जिल्ला बनकार्यलयको टिमले शनिवार नियन्त्रणमा लिइ सदरमुकाम तम्घास ल्याएको जिल्ला वन कार्यालय गुल्मीका डिभिजन वन अधिकृत प्रभात सापकोटाले जानाकारी दिनुभयो ।
नियन्त्रणमा लिइएको बाग २/४ दिन अगाडि देखि बस्ती बसिरहेकोे र कतै पसुपन्क्षी लगाएत मानिसलाई कुनै किसिमको आक्रमण लगाएतको गतिबिधी नगरेको पाइएको छ ।
१ .५ मिटर लम्वाई, ६० सेमि उचाई रहेको चितुवा बुढो उमेर भएको अनुमान गरिएको छ । चितुवालाई अहिले जिल्ला वन कार्यालयमा गुल्मीको उपचार केन्द्रमा राखी उपचार सुरु गरिएकोे र निको भैसकेपछि हिंस्रक देखिएमा चिडियाखानामा पठाउने र यदि समान्य भएमा जंगलमा नै छाड्ने सापकाटो बताउनुभयो ।