बडिगाडमा शिक्षकको कोठामा आगलागी : १ लाख ५० हजार क्षति

बडिगाडमा शिक्षकको कोठामा आगलागी : १ लाख ५० हजार क्षति

Badigad Online
1 Min Read

राम प्रसाद घिमिरे ,बडिगाड : बागलुङको बडिगाड गाउँपालिका वडा नम्बर-५, दाँगमा आगोलागि भएको छ । शनिबार राति अन्दाजि ९ बजेको समयमा कोठामा आगोलागि हुँदा २० हजार नगद सहित १ लाख ५० हजार बराबरको क्षति भएको छ ।

अछाम जिल्ला तुर्माखाँद गाउँपालिका-०१, स्थाइ घर भइ बागलुङ जिल्लाको बडिगाड गाउँपालिका वडा नम्बर-५, दाँगको थानापति आधारभुत बिद्यालयमा अध्यापनरत शिक्षक हर्क शाही बस्ने नारायण पौडेलको घरको भुइँतला बस्ने शाहिको कोठामा गएराति आगोलागि हुँदा कोठामा रहेका सम्पूर्ण सामाग्री जलेर नष्ट भएको हो ।

आगोलागिका कारण कोठामा रहेका शाहिका एस, एल सि, प्रविणता प्रमाणपत्र तह, स्नातक तह, शिक्षक अध्यापन अनुमति पत्र लगायत हालसम्मका सम्पूर्ण शैक्षिक उपलब्धिका कागजपत्र जलेर नष्ट भएका छन् ।

घरमा कोहिपनि नभएको समयमा आगोलागि भयकाले कुनैपनि सामान बचाउन नसकिएको शाहिको भनाइरहेको छ ।
आगोलागि के कारणले भयो भन्ने कुनै अनुमान गर्न सकिने प्रमाण नदेखिएको पुर्व वडा अध्यक्ष लोकनाथ घिमिरेले बताउनुभयो ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित