सागर भण्डारी,गुल्मी । आर्थिक सुशासनका लागि नेतृत्व विषयक सरोकारवालाहरुसगंको अन्तरक्रिया कार्यक्रम मुसिकोटमा सम्पन्न भएको छ ।
युवा रोजगारका घरेलु अवसरलाई बढावा दिनका लागि पालिका तहका सरकारहरुको क्षमतालाई सृद्धृढीकरण गर्दै नेपालको समावेशी आर्थिक वृद्धिलाई थप गति दिने लक्ष्य सहित कार्यक्रम गरिएको दायित्वका लुम्बिनी प्रदेश सयोंजक कमल थापाले जानकारी दिनुभयो ।
कार्यक्रमका सहभागीहरुले आर्थिक सुशासनका लागि सरोकारवाला एवम् नेतृत्व तहले मात्रै भन्दा पनि ग्रामिण स्तरबाट बुझाउन सक्नुपर्ने धारणा व्यक्त गरेका थिए । उनीहरुले नगरभित्र रहेका शैक्षिक बेरोजगारीहरुलाई रोजगारी र उद्योगसगं जोड्नुपर्नेमा जोड दिएका थिए ।
अभिमुखीकरण कार्यक्रमको सहजीकरण गर्दै नेपाल सरकारका पूर्व सचिव कृष्ण ज्ञवालीले आर्थिक वृद्धिको विकसित बुझाईसहितको पालिका तहको संरचना संस्थागत गर्ने,नगरपालिका तहका वरिष्ठ प्रतिनिधि तथा नीतिगत नेतृत्व क्षमतालाई सुदृढीकरण गर्ने,युवाहरुका लागि घरेलु रोजगारलाई बढावा दिन सामुहिक अभियानको कार्यान्वयन गर्ने र आर्थिक शासन संरचनागत सम्बन्धी नवप्रवर्तनको विषयमा जनचेतना अभिवृद्धि गराउने बताउनुभएको थियो ।
कार्यक्रम मार्फत मुसिकोट नगरपालिका भित्र १ सय दिनमा परिणाम देखिने गरी आर्थिक सुशासनका विषयमा कुनै एक क्षेत्र छनोट गरी सो क्षेत्रमा काम गरिने बताईएको छ । सोही अवसरमा दायित्व र मुसिकोट नगरपालिकाबीच उक्त कार्य गर्ने गरी दु्रत परिणाम पहल सम्झौता समेत गरिएको छ ।
कार्यक्रम सञ्चालन गर्न नगरप्रमुखकको सयोंजकत्वमा १७ सदस्यीय निर्देशक समितिको समेत घोषणा गरिएको छ । मुसिकोट नगरपालिकाका नगरप्रमुख सोमनाथ सापकोटाले १ सय दिन भित्र परिणाम आउने गरी गरिने कार्य कुन विषयमा गर्ने भन्ने विषयमा अझै धेरै छलफल पछि निणर्यमा पुग्ने बताउनुभएको थियो ।
उहाँले आर्थिक सुशासन भएमा संस्थाहरुको संस्थागत विकास हुने भन्दै स्थानीय सरकार आर्थिक सुशासन र पारदर्शीतामा अब्बल भएमा सघींय सरकार स्वत ः सफल हुने बताउनुभएको थियो ।
प्रमुख प्रशाशकीय अधिकृत खिमानन्द भुषालले अभिमुखीकरण कार्यक्रममा उठेका कुराहरुलाई समेटेर उपयुक्त विषयवस्तु छनौट गरी कार्यान्वय हुने र परिणाम देखिने गरी कार्यक्रम सुरु हुने बताउनुभएको थियो । उक्त कार्यक्रम सञ्चालन गर्नका लागि नगरपालिका र दायित्वबीच असौज देखि फाल्गुण मसान्तसम्म सम्झौता गरिएको छ ।
कार्यक्रममा नगरपालिकाका जनप्रतिनिधि,विषयगत समितिका प्रमुख तथा प्रतिनिधि,उद्योग वाणिज्य सघं,बैकं तथा वित्तिय संस्थाका प्रतिनिधि तथा सरोकारवालाहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन महेन्द्र घिमिरेले गर्नुभएको थियो ।