निजामती सेवा दिवसको अवसरमा मुसिकोट दरबार परिसरमा वृक्षरोपण

निजामती सेवा दिवसको अवसरमा मुसिकोट दरबार परिसरमा वृक्षरोपण

Badigad Online
1 Min Read

गुल्मी । गुल्मीकै ऐतिहासिक धरोहर मुसिकोट दरबार परिसरमा वृक्षरोपण गरिएको छ । निजामती सेवा दिवसको अवसरमा मुसिकोट नगरपालिकाको आयोजनामासरसफाइ तथा बृक्षरोपण कार्यक्रम गरिएको हो ।

वृक्षरोपण कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसाल, वडा नं २ का वडा अध्यक्ष लक्ष्मण खत्री,वडा नं ४ का वडाध्यक्ष ओम बहादुर के सि, कार्यपालिका सदस्यहरु गोबिन्द नेपाली, सरस्वती घिमिरे कोट, ब्यबस्थापन समिती अध्यक्ष पदम बहादुर सिह ठकुरी शाखा प्रमुख अन्य कर्मचारी लगायतको उपस्तिथि रहेको थियो ।

मुसिकोट कोट क्षेत्रको पर्यावरण र वातावरणीय स्वच्छता कायम राख्न पारिजात,तेजपत्ता,कल्की,धुपी,केजरी,राइनो,गोलमोर प्रजातिका १३४ विरुवा रोपण गरिएको हो ।

कार्यक्रमको बारेमा नगरस्वास्थ्य सयोंजक डिबी जिसीले प्रकाश पार्नुभएको थियो भने । कार्यक्रममा वडा अध्यक्ष लक्ष्मण खत्री र कोट ब्यबस्थापन समिती अध्यक्ष पदम सिह ठकुरीले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

प्रशासन शाखा प्रमुख प्रकाश घिमिरेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । । यसवर्ष व्यावसायिक र सिर्जनशील प्रशासन ‘विकास, समृद्धि र सुशासन’ भन्ने मूल नाराका साथ देशभर निजामती सेवा दिवस मनाईएको छ । निजामती सेवा दिवस प्रत्येक वर्ष भदौ २२ मा मनाइन्छ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित