एमसीसीको विरोध स्वरुप मुसिकोटका युवाहरुले बुझाए ध्यानाकर्षण पत्र !

एमसीसीको विरोध स्वरुप मुसिकोटका युवाहरुले बुझाए ध्यानाकर्षण पत्र !

Badigad Online
1 Min Read

सागर भण्डारी,गुल्मी । अमेरीकी सहायता परियोजना मेलिनियम च्यालेन्ज कर्पोरेशन एमसीसीको विरुद्धमा मुसिकोटका युवाहरुले नगरप्रमुख मार्फत नेपाल सरकारलाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।

अमेरीकाले नेपाल सरकारलाई उपलब्ध गराउने भनेको एमसीसी परियोजना राष्ट्रका लागि घातक रहेको भन्दै मुसिकोट नगरपालिका वडा नं ९ का युवाहरुको समुहले नगरप्रमुख सोमनाथ सापकोटा मार्फत ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

६४ जनाद्धारा हस्ताक्षरित उक्त पत्र मुसिकोट नगरपालिका,जिल्ला प्रशाशन कार्यालय गुल्मी र नेपाल सरकारलाई बोधार्थ लेखिएको छ । ध्यानाकर्षण पत्रमा एमसीसी परियोजना भ्रमपूणर्,राष्ट्रघाती र नेपालको स्वाधिनता राष्ट्रिय अखण्डता,सार्वभौमसत्तामा धावा बोल्नुका साथै पञ्चशीलको सिद्धान्त,सयुक्त राष्ट्रसघंको आवद्धता,परराष्ट्रनीति विपरित रहेको उल्लेख गरिएको छ ।

त्यस्तै पत्रमा स्वतन्त्र देशलाई उपनिवेशमा प्रमाणित गर्न सरकार तथा पार्टीका नेताहरु लागि परेकाले यस्ता भ्रष्ट,कपटपूणर् र नेपाललाई गुलामीको चगुंलमा फसाउने एमसीसी जस्तो राष्ट्रघाती सम्झौता अस्वीकृत गर्न माग गरिएको छ ।

 

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित