१ हप्तादेखि भाकै बसेका बडिगाडको एक परिवारलाई भिजि फाउण्डेसनद्धारा सहयोग

१ हप्तादेखि भाकै बसेका बडिगाडको एक परिवारलाई भिजि फाउण्डेसनद्धारा सहयोग

Badigad Online
2 Min Read

सागर भण्डारी,गुल्मी । खाद्यान्न अभावमा विगत १ हत्तादेखि भोक भोकै बसेका बडिगाडका एक परिवारलाई भिजि फाउण्डेसनले खाद्यान्न सामाग्री हस्तान्तरण गरेको छ ।

आर्थिक अभावमा जिविकोपार्जन गर्न समेत कठिनाई भएको अवस्थामा रहेका बडिगाड गाउँपालिका वडा नं ६ ग्वालिचौरका नरेश पुन मगरको परिवारलाई फाउण्डेसनले खाद्यान्नसगैं अन्य विभिन्न सामाग्री सहयोग गरेको हो ।


दैनिक ज्यालामजदुरी गरी परिवारको गर्जो टार्दै आएका नरेश १ महिना अघि लडेर हात भाँचिएपछि आर्थिक अभावमा परेको भन्ने समाचार जिटिभिमा देखेपछि फाउण्डेसनले उनको घरमै पुगेर सहयोग सामाग्री हस्तान्तरण गरेको हो । ७ जनाको परिवारको जिविको टार्दै आएका मगर काम गर्न नसक्ने भएर थलिएपछि परिवार १ हप्तादेखि भोकै बस्दै आएको थियो ।

उनका जेठी र माईली छोरी पनि बुर्तिबाङमा अर्कैको घरमा मजदुरी गर्दै आएका छन् । उक्त भिडियो सामाग्री युटुबमा प्रशारण भएपछि भिजि फाउण्डेसनको प्रतिनिधित्व गर्दै एन.आई.सी एसिया बैकं गुल्मी तम्घास शाखाका प्रबन्धक जगदीश पन्थीले सहयोग सामाग्री लिएर आउनुभएको थियो ।

फाउण्डेसनको सहयोगमा खाद्यान्न,लत्ताकपडा,शैक्षिक सामाग्री र खेलकुदका सामाग्री गरी ४० हजार भन्दा माथिको सहयोग सामाग्री हस्तान्तरण गरिएको जिटिभि नेपालका सञ्चालक दिपक नेपालीले बताउनुभयो । सहयोग सामाग्री स्थानीय शिक्षक बुद्ध परिवारको रोहवरमा परिवारलाई हस्तान्तरण गरिएको हो ।

सहयोग सामाग्री प्राप्त गरेपछि मगरले आफु बिरामी भएर थला परेका बेला सहयोग गरेको भन्दै सहयोगी प्रति धन्यवाद व्यक्त गर्नुभयो । उक्त सहयोग सामाग्री हस्तान्तरण कार्यक्रममा एनआईसी एसिया बैकं गुल्मी तम्घास शाखाका प्रबन्धक जगदीश पन्थी,समाजसेवी डम्मर केसी,जिटिभि नेपालका सञ्चालक दिपक परियार,सुरज परियार र स्थानीय शिक्षक बुद्ध परियार लगायतको उपस्थिति रहेको थियो ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित