सलिम मियाँ, प्युठान: प्युठान जिल्लाको नौवहिनी गाउँपालिका-७, बाँसकोटकी पुना सापकोटाले छोराको आशमा १२ छोरीलाई जन्म दिइन्।रोल्पाको सिर्फ गाउँ माइती भएकी पुना अहिले ५७ वर्ष र उनका श्रीमान सुमन्त ५८ वर्षको भए। उनीहरुले ४४ वर्ष अघि भागी विवाह गरेका थिए।
सापकोटाको जोडीलाई विवाह पछिको पहिलो सन्तान छोरा जन्मियोस् भन्ने चाहना थियो तर अहिलेसम्म आइपुग्दा १२ वटा सबै सन्तान छोरी छन्। पुना सापकोटाले भनिन्, ‘बिहेको दोस्रो वर्ष नबित्दै पहिलो बच्चाका रूपमा छोरी जन्मियो। त्यसपछि पनि सबै छोरी नै जन्मिए।
दोस्रो सन्तान छोरा जन्मिने आ’श घरमा ठूलो थियो तर दोस्रो सन्तान पनि छोरी नै जन्मिएपछि मनमा त्यति खुसी छाएन। गाउँघरका पनि छोरा नजन्माएको भन्दै कुरा सुनाउन थाले।’ उनले भनिन्, ‘त्यसैले छोराको आशै आशमा १२ छोरी पाइरहेँ।
हिन्दु सं’स्कारमा छोरी हुँदा वंश कायम रहँदैन भन्ने ड’रले पनि छोराको आशमा आफूले १२ वटा सन्तान ज’न्माएको पुनाका श्रीमान् सुमन्त सापकोटाले बताए। उनका अनुसार १२ छोरीमध्ये आठवटा छोरीले विवाह गरिसके। चारवटी छोरी स्कुल पढ्दै छन्।
अहिले भने पुना र सुमन्त छोरी भएकोमा खुसी छन्। पहिले छोरी भएकोमा हे’ला गर्नेलाई पनि सापकोटाका छोरीको पौरख देखेर जवाफ मिलेको छ।हरेक हिसाबले छोरीबाट छोरा सरह साथ पाइरहेको सापकोटाले बताए। दम्पतीले भने, ‘छोरीहरू ईश्व’रका वरदान सावित भएका छन्, धेरै खुसी छौँ।’