बडिगाड खोलाले बगाएर एक युवक बेपत्ता

बडिगाड खोलाले बगाएर एक युवक बेपत्ता

Badigad Online
1 Min Read

जीवन पाण्डेय,बडिगाड अनलाइन । बडिगाड खोलाले बगाउँदा एक जनामा बेपत्ता भएका छन् । बडिगाड गाउँपालिका वडा नं ५ खौलार स्थित बडिगाड खोलामा बालुवा चाल्ने क्रममा बगाउँदा एक युवक बेपत्ता भएका हुन् ।

जिल्लाको निशिखोला गाउँपालिका वडा नं ६ स्थायी घर भई हाल बडिगाड खोलामा बालुवा निकाल्ने काम गर्दै आएका २५ वर्षीय दिलचन बि.क बेपत्ता बनेका हुन् । बालुवा निकालेर घाम छल्न पौडी खेल्न खोलामा हाम फालेका उनी बेपत्ता बनेको स्थानीय राजन पाईजाले जानकारी दिनुभयो ।

प्रहरी र स्थानीयले खोजि कार्य जारी राखेपनि उनी फेला पर्न नसकेको र खोजि कार्य जारी रहेको उहाँले बताउनुभयो । – Filephoto

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित