टिचन यात्री मगर, बागलुङ : खोलाको बगरजस्तै उराठ र उजाद देखिन्छ अनुहार । सबैसँग हाँस्ने बोल्ने मान्छे आजभोली मलिन देखिन्छिन ’, लाग्छ मन भरी पिडाले ढपक्कै ढाकेको छ उनको संसार ।
कुरा गर्दा गर्दै वर्षादको भेलझैं उर्लिन्छन् उनका आँखाबाट आसुका भेल । नउर्लिस् पनि कसरी जन्मदिने आमाको शरिर अस्पटालको शौय्यामा ढलेको छ मृत्युसँग पौंठेजोरी खेल्दै । बागलुङ जिल्ला बडिगाड गाउँपालिका–रनसिङ्ग कितेनी पुरानोगाउँ वडा न. ०८ निवासी यम–माया श्रीस मगरको विगत तीन महिनायताका दिनहरू काठमाडौं महाराजगन्ज स्थित टिचिङ्ग अस्पतालमा बित्ने गरेको छ ।
उनलाई डर छ कतै जन्म दिने आमा गुमाउनुपर्ने त होइन ? सोच्दा सोच्दै भक्कानिन्छ मन । बग्न थाल्छन् बलिन्द्र आशुधारा । उनी भन्छिन मनमा हर्ष पलाउन छोडेको छ नानाथरीका कुरा खेल्छन् छट्पटी मात्रै हुन्छ , केही सोच्न सक्दैन ।
निम्न वर्गीय उनको परिवार आर्थिक कमजोरीका कारण ६१ वर्षकी आमाको उपचारमा समस्या भएको छ । तीन छोरी एक छोरा र बुबा–आमा सहित ६ जनाको परिवार छ । घरमा कमाउने कही छैन्न , जेठी दिदीको बिबाह भएको छ यम–मायाँ माइली छोरी हुन भने बहिनी र भाई सानैछन् ।
जसो तसो घर वरिवार चलेकै थियो एकैचोटि वरिवारमा बजरपाट पर्यो , आमा बिरामी हुनुभयो अस्पतालमा भर्ना गर्दा आमाको कलेजो, फोक्सो र किड्नीमा समस्या देखियो । डाक्टरका सल्लाह अनुसार अपरेशन गर्नुपर्ने भएको छ ।
घरको आर्थीक स्थिति कमजोर छ, उपचार,औषधीका लागि पैसा नहुदा यतिखेर,यम–मायाँको परिवारले आर्थीक सहयोग गरी बिरामी आमाको ज्यान बचाइदिनका लागि देश विदेशमा रहनुहुने सम्पुर्ण नेपालीहरुमा सहयोगको अपिल गरेका छन् ।
यममाया गायिका पनि हुन उनी काठमाडौं बसपार्क स्थित यानी–मायाँ दोहोरी साँझमा जागिर गर्थीन । बिरामी आमाको हेरचाह गर्नु पर्दा अहिले त्यहीँ जागिरमा पनि छोड्नु परेको उनी बताउँछिन् । जागिर छोड्नु पर्दा खाना बस्न समेत मुसकिल भएको यममायाले बताइन् ।
सहयोगका लागि यममाया श्रीस मगरको सम्पर्क मोबाइल नम्बर ९८६३५१५४७६ साथै प्रभु बैंक खाता नम्बर १३५०२३०११८२०००१२