गुल्मीवाटै चुनाब लड्ने रामकुमारी झाक्रीको घोषणा !

गुल्मीवाटै चुनाब लड्ने रामकुमारी झाक्रीको घोषणा !

Badigad Online
2 Min Read

नेपाल कम्युनिस्ट पाटी एकीकृत समाजवादी की सचिव रामकुमारी झाक्रीले आगामी निर्वाचनमा गुल्मीवाट चुनाब लड्ने बताउनुभएको छ । पाटीको केन्द्रीय सचिव भएको हिजो छनोट भएपछि आज शुक्रबार गुल्मी काठमाडौ सम्पर्क मञ्चद्धारा गरिएको भेलालाई सम्वोधन गदै उहाँले अब आफ्नो निर्वाचन क्षेत्र गुल्मी हुने वताउनुभएको हो ।

लामो समयदेखि राजनितिमा सक्रिय रहेपनि गुल्मीलाई आफुले कहिल्यै आफ्नो भुगोल वनाउने अवसर नै नपाएको वताउदै नेतृ झाक्रिले अब आउने निर्वाचनमा आफु गुलमीबाट चुनाब लड्ने घोषणा गर्नुभएको हो ।

आफु राजनितिमा क्रियाशिल भएदेखी गुल्मीमा चुनाब लड्न अवसरवादीहरुले सधै निषेध गरेकाले गुल्मीलाई आफ्नो निर्वाचन क्षेत्र वनाउन नसकेको बताउनुभयो । ् पाटिका केन्द्रीय सदस्यहरुलाइ जिल्लाको ईन्चार्ज वनाउने विधि प्रद्वति भएपनि गुल्मीको माटोमा जन्मेकी रामकुमारी झाक्री केन्द्रीय सदस्य हुदाँ समेत जिल्लाको ईन्चार्जको त्यो जिम्मेवारी पूरा गर्ने अवसर समेत केपि वलिले नदिएको उहाँको गुनासो छ ।

उहाले आफू मात्रै नभएर गुल्मीमा हिमाल थापा, श्रीराम महत जस्ता सयौ युवा नेताहरु पनि निर्वाचन लड्न तयार रहेको वताउनुभयो । दुई-दुई पटक ससंदको हत्या गर्ने पाटीसगँ सविधानको रक्षा गरेर अगाडि वढेको नेकपा एकीकृत समाजवादी पाटीका नेताहरु निर्वाचनमा सफल हुने उहाँको भनाई थियो ।

प्रतिनिधि सभा सदस्य समेत रहनुभएकी नेतृ झाक्रीले एमालेका मान्छेहरु अब के भनेर ससंदको निर्वाचनमा भाग लिन्छन त्यो हेर्न वाकि रहेको बताउनु भयो । हामीलाई भोट दिनुस ६ महिनामा ससंद विघटन गरेर आउछौ भन्दै भोट माग्लान त उहाले अगाडि भन्नुयो सविधानको धज्जी उडाउने केपी वलि कम्पनीको एमालेलाई संसंदीय निर्वाचनमा मत माग्ने नैतिक अधिकार समेत नभएको उहाँले बताउनुभयो । माधव नेपाललाई वोकेर विद्रोह गर्न लगाउने १० जना नेताहरु सवैभन्दा वढि अवसरवादि भएको उहाँले आरोप लगाउनुभयो । विचार र सिद्धान्त विनाको चिन्हले निर्वाचन जित्ने दाउमा रहेका अवसरवादिहरुलाई आगामी निर्वाचनमा जनताले हराउने उहाँको दावी थियो ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित