कमल पौडेल, बडिगाड : नेकपा एमाले बागलुङका अध्यक्ष इन्द्रलाल सापकोटाले कम्युनिष्ट आन्दोलन विभाजन वाट नभइ एकतावद्ध भएर मात्रै समाजवादमा पुग्ने आधार तयार हुने भन्दै टुटफुट विभाजनबाट पाठ सिक्दै एकतावद्ध हुन सवै कम्युनिष्ट विचार राख्नेहरुलाई आह्वान गर्नुभएको छ।
नेकपा एमाले बडिगाड गाउँपालिकाको अगुवा कार्यकर्ता भेलालाई ग्वालीचौरमा सम्बोधन गर्दै अध्यक्ष सापकोटाले नेकपा एमाले साना पार्टिहरुलाइ संगठित गर्दै एकतावद्ध भएरै ठूलो भएको भन्दै विभिन्न राजनैतिक दलहरुबाट आएका कार्यकर्ताहरुलाई कार्यक्षमताको आधारमा उचित जिम्मेवारी दिने बताउनु भएको छ।
गण्डकी प्रदेशको साँसद समेत रहनुभएका सापकोटाले लोकतन्त्रमा राजनैतिक दलहरु कमजोर हुनु भनेको दुर्भाग्यपूणर् भएको भन्दै अध्यादेश गलत भएको टिप्पणी गर्नुभयो। एमाले नेतृत्वको सरकारले गरेका लिपुलेक सहितको नेपालको नक्सा, चिनसँगको पारवाहन सम्झौता, थुप्रै भौतिक पूर्वाधार विकास लगाएतका कामको फेहरिस्त सहित, गर्न नसकेका कामको महसुस गर्दै जनतामा जाने बताउनु भएको छ। “जनतालाई ढाँटेर होइन, गल्ति महसुस गरेर विश्वासका साथ अगाडि बढ्ने छौं”, सापकोटाले भन्नुभयो, “पार्टि एकिकरण, विभाजन लगाएतका विषयमा उपयुक्त समयमा समिक्षा गर्ने छौं”।
पार्टि एकिकरणपछि कार्यकर्तालाई सिद्धान्त पढाउन, सत्तामा पुगेका साथिहरुलाई गोरेटो देखाउन नसकेको स्वीकार गर्दै अध्यक्ष सापकोटाले आगामि दिनमा पार्टि पूर्ववतः ढंगले सञ्चालन हुने विश्वास समेत व्यक्त गर्नुभएको छ।
कार्यक्रममा नेकपा एमाले गण्डकी प्रदेश कमिटिका सचिवालय सदस्य हिरा केसिले एमालेलाई कमजोर बनाउन प्रतिक्रियावादीहरु निरन्तर लागिरहेको भन्दै त्यसका विरुद्ध एकतावद्ध भएर लड्ने विश्वास व्यक्त गर्नुभएको छ। पार्टिभित्रको वहस, छलफल र संघर्ष पार्टिलाइ समुन्नत बनाउनको लागि भएको तर विभाजनको लागि नभएको भन्दै केसिले विभाजनमा साथ नदिन कार्यकर्तालाई आह्वान गर्नुभएको छ।
कार्यक्रममा प्रदेश कमिटि सदस्य प्रेम खरेल, जिल्ला कमिटि सचिव तथा जिल्ला समन्वय समिति बागलुङका उपप्रमुख विष्णु प्रसाद भुसाल, जिल्ला कमिटि सदस्य तथा बडिगाड गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाइजा, जिल्ला कमिटि सदस्य तिर्थमणि भुसाल, जिल्ला कमिटि सदस्य विना थापा, नेपाल राष्ट्रिय शिक्षक संगठन बागलुङका सचिव कृष्ण भट्टराई लगाएतले मन्तव्य व्यक्त गर्नुभएको थियो।
कार्यक्रम नेकपा एमाले बडिगाड गाउँकमिटिका संयोजक गुणानिधि घिमिरेको अध्यक्षता, सहसंयोजक वसन्त थापाको स्वागत मन्तव्य तथा सचिव दिनेश शर्माको सञ्चालनमा सम्पन्न भएको थियो। भेलाले प्रत्येक वडा तथा टोलमा भेलाहरु सञ्चालन गर्ने, पार्टि सदस्यता नविकरण गर्ने, संगठन विस्तारको अभियान सञ्चालन गर्ने लगाएतको निणर्यहरु गरेको छ।
कार्यक्रममा विभिन्न राजनैतिक दल परित्याग गरि नेकपा एमालेमा प्रवेश गर्ने नवप्रवेशिहरुलाई स्वागत गरिएको थियो।