प्रेम सुनार, गुल्मी: साँझ अबेरसम्म चार दिदीबहिनीहरु एउटै कोठामा जिस्किदै फेसबुक चलाउँदै र गफ गर्दागर्दै मिठो निद्रामा पर्छन्। रातको त्यस्तै साढे ११ बजेको समयमा एक्कासी पहि’रोले घर च्या’पेपछि चार मध्ये तीन दिदीबहिनीहरु ‘ऐया…’ पनि भन्न नपाई यो सं’सारबाट बि’दा हुन्छन् , बाँ’चेकी एउटीले तिनै मृतक दिदी बहिनीहरुलाई हेर्दै डाँ’को छाड्दै गर्छिन्।
तीन दिन अघि गुल्मीमा घ’टेको यस्तो क-हालीला’ग्दो घट’नाको समाचार धेरै सञ्चार माध्यममा आइसकेको छ। तर,पनि यस घटनाका दुई साहसी महिलाको दर्दनाक कथा ओझेलमा परेको छ। यसर्थ ढिलै भएपनि त्यसको उठान गर्न गइरहेका छौँ। घटना हो असोज ५ गते राति गुल्मीको रेसुङ्गा नगरपालिका-८, थुम्का टोलको। त्यस टोलका तिलक परियारको घरमा त्यस राति अकल्पनिय घटना घट्यो।
उनका कलकलाउँदो उमेरका ३ छोरीहरुलाई माथिबाट आएको प’हिरोले निद्रामा परेको केहि बेर मै चुँ’डेर लग्यो। त्यस यताका दृश्यहरु थप पी’डादा’यी रहेका छन्। २१ वर्षिया छोरी भावना, १४ वर्षिया जुम्ल्याहा दुई छोरीहरु गंगा र जमुना अर्को दिन नि’र्जिव ढुङ्गा जस्तै बनेर अस्पतालको श’वगृ’हमा राखिएको थियो। राति नै सु’रक्षाकर्मीहरुले श’व लगेकोले उनीहरुका बाबआमा र बाँ’चेकी एक छोरीले श’व देख्न समेत पाइरहेका थिएनन्।
अलि तलको घरको दलानमा घुँ’कुरघुँकुर गरिरहेका उनीहरु मध्ये आमा चाँही अ’र्धचे’त देखिन्थिन्। दिउँसो अबेर तिर अस्पतालबाट श’व उठाउँदाको दृश्य थप द’र्दना’क बन्यो। तिलक परियारका पाँच छोरीहरु मात्रै थिए। एउटी सुष्मा विवाहित भएकाले तलै बजारमा कोठा गरेर बस्थिन्।
घरमा रहेकी साइँली छोरी सुजातालाई बाबुले प’हिरोबाट थुतेर ब’चाए। बाँ’चेका तिनै दुई छोरी आफूहरुको आँ’शु लुकाउने र बाबुआमालाई सा’हस दिलाउने प्रयास गरिरहेका थिए। तर, उनीहरुको आँखामा आँ-शु रोकिन भने सकेको थिएन।
बाबाआमा हामी तपाइँका छोरी होइनौं छोरा हौं भने। र , दिदीबहिनीहरुको श-व हामीले बोकेर शाहघा-टमा पुर्याउछौँ भन्दै अगाडि सरे। जेठी सुस्माले आँ’शु पुछिन्, मुहारमा क’ठोरता ल्याइन्। उनकी १७ वर्षिया बहिनी सुजाताले अघिल्लो रातसँगै नि’दाउनु पूर्व दिदीबहिनीहरुसँगको हाँसोमजाक सम्झिदै भ’क्कानो छाड्दै थिइन्।
कलकलाउँदा ती तीन बहिनीको लहरै श’व राखेको देख्दा अस्पताल परिसर पुग्ने सारा मानिसहरु रो’इरहेका थिए। त्यही क्रममा तिलक परियारका दुई छोरीहरु छोरा बनेर तीन दिदीबहिनीहरुको श-व काँधमा बोकेर अगाडि बढे। दृश्य साहसको एक उदाहरण थियो।
तर, निकै हृद’यवि’दारक। सुष्मा आँफैपनि सं’घर्षसँग जु’ध्दै आएकी त्यस घरकी छोरी हुन्। यसर्थ पनि उनले परि आएको वि’पद्सँग जु’ध्ने साहस देखाइन्। उनीहरुको पुर्ख्यौली घर गुल्मीदरबार गाउँपालिका-२, झिरबास हो। त्यस दिन उनीहरु झिरबास मै गए।
प्रतिक्षारत खुशी पहि’रोले चुँ’ड्यो
बाबु तिलक परियार आँफै पनि एक संघ’र्षशील व्यक्ति हुन्। अन्दाजी ४० वर्ष उमेरका उनले झिरबासको सामान्य कच्ची घरदेखि सदरमुकाम तम्घासमा पक्की घर र टेलर पसलको मालिकको यात्रासम्म आइपुग्दा निकै सं’घर्ष गर्नु पर्यो।
पाँच वटै छोरीहरुको पठनपाठन उनले आफ्नो कपडा सिलाउने पेशाबाटै गरे। गाउँको सिलाउने हाते मेशिनबाट सुरु भएको उनको यात्रा अहिले चार/पाँच वटा आधुनिक सिलाउने मेशिनसम्म आइपुगेको थियो।
तम्घासको क्याम्पस रोडमा छोरी भावना कै नाममा भावना टेलर पसल सञ्चालन गरेका तिलक परियारले तम्घासको पाखो मानिने थुम्का टोलमा १२ वर्ष अघि घडेरी किनेर एक तले पक्की घर पनि बनाएका थिए र छोरीहरुको विवाह लगायत क्रमशः खुशीका दिनहरुको प्रतिक्षामा रहेका उनीबाट त्यसै घरले खुशी छि’न्यो।
छोरी भावना त्यस टेलर पसलमा आफूसँगै काम गर्ने सहकर्मी साथी जस्तै थिइन्। अब त्यस पसलको बोर्डमा उनको नाम भावना मात्रै रहने भएको छ। असाध्यै अनुशासित र मिजासीला छोरीहरु पाएका थिए उनले। तम्घासको महेन्द्र नमुना माविमा पढ्दै गरेका गंगा र जमुना निकै प्रतिभाशाली र अनुशासित विद्यार्थी रहेको भन्दै त्यस विद्यालयका शिक्षक रोम विश्वकर्माले शो’क व्यक्त गर्दै थिए।
विभिन्न सांस्कृतिक कार्यक्रमहरुमा सहभागि उनका छोरीहरुको कला र प्रतिभा तम्घासवासीका आँखामा अहिलेसम्म नाचिरहेको छ। त्यस घट-नाको दोश्रो दिन दिउँसो शो’क व्यक्त गर्दै गुल्मी उद्योग वाणिज्य संघले तम्घास बजार बन्द गर्यो। पत्रकार महासंघ गुल्मीका पूर्व अध्यक्ष नवराज भुसाल भन्छन्, ‘घ-टना पछिका दृश्यले थप स्त’ब्ध पार्याे र ती दुई साहसी छोरीहरुको साहसलाई मान्नै पर्छ।’