सागर भण्डारी,बडिगाड । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत बडिगाड गाउँपालिकामा सर्वसम्मत रुपमा नेतृत्व चयन भएको छ ।
सभापतिमा कृष्ण गुरुङ, उपसभापतिमा तेज बहादुर पाईजा र प्रेमलाल अर्याल, सचिवमा कमल चालिसे, तिर्थ बहादुर थापा र सह-सचिव राजु थापा र लक्ष्मी पाइजा चयन हुनु भएको निर्वाचन अधिकृत टिका पाईजाले जानकारी दिनुभयो ।
गुरुङ सहित पाँच जनाले सभापतिमा आकांक्षा व्यक्त गरेका थिए । सबै आकाक्षींले गुरुङलाई साथ दिएपछि सभापतिमा चयन हुनु भएको हो ।
Badigad Online