बाग्लुङमा बेवारिसे अवस्थामा पुरुषको शव फेला

बाग्लुङमा बेवारिसे अवस्थामा पुरुषको शव फेला

Badigad Online
1 Min Read

टिकाराम भट्टराई, बागलुङ : जिल्लाको तमानखोला गाउँपालिका १ बोंगादोभान नजिकै एक जना पुरुषको बेवारिसे शव भेटिएको छ ।

शुक्रबार साझँ स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । खबर पाए लगत्तै ईलाका प्रहरी कार्यलय बुर्तिबाङको टोली घटनास्थल पुगेको थियो ।

बेवारिसे शव करिव एक महिना अगाडीबाट रहेको जस्तो देखिएको र आसपास कतैबाट उक्त हुलिया नभएको मानिस हराएको सुचना नआएको प्रहरीे निरिक्षक वन्तले जानकारी दिनुभयो ।

उक्त पुरुषको कपडा मासिक सन्तुलन गुमेको व्यक्तिको जस्तो रहेको र शव गलि सकेको हुदाँ स्थानिय,जनप्रतिनिधि र प्रहरीको रहोवरमा सोहि ठाउँ नजिकै व्यवस्थापन गरिएको प्रहरीको भनाई छ

यो पनि पढ्नुहोस् : बेपत्ता भएको १६ दिन पछि गुल्मीका एक पुरुष मृत फेला !

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित