नेपाली काँग्रेस मुसिकोटको सभापतिमा मोहन घिमिरे विजयी !

नेपाली काँग्रेस मुसिकोटको सभापतिमा मोहन घिमिरे विजयी !

Badigad Online
1 Min Read

सागर भण्डारी,गुल्मी : नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत मुसिकोट नगरकार्यसमितिको सभापति पदमा मोहन घिमिरे निर्वाचित हुनुभएको छ । मगंलबार सम्पन्न नगरको प्रथम अधिवेशबाट घिमिरे सभापति पदमा निर्वाचित हुनुभएको हो ।

अन्तिमसम्म सहमतीको प्रयास गर्दा पनि सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास विफल भएपछि सभापतिका २ उम्मेदवार र उपसभापतिका ४ उम्मेदवारबीच निर्वाचन भएको थियो । सभापति पदमा उहाँका प्रतिद्धन्दी झबिलाल भण्डारीलाई २६ मतले पछि पार्दे मोहन घिमिरे विजय हुनु भएको निर्वाचन अधिकृत डिल्लिराज खरेलले जानकारी दिनुभयो ।

सभापति र उपसभापति पदका लागी मतदान भएपनि अन्य पदका लागि भने सहमति भएको थियो । १४ औ अधिबेसन सम्पन्न गरे सङ्गै कांग्रेस मुसिकोटले नयाँ कार्या समिती पाऐको छ जसको सभापतिमा मोहन घिमिरे, उपसभापति टिकाराम सापकोटा र सन्तोश शाक्य सचिबमा भिमसेन केसि र मुधु सुदन रायमाझि, सहसचिब सुस्मा तिवारि र कृष्ण प्रसाद घिमिरे लगायत ५२ सदस्यीय कार्यसमिति रहेको छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित