गुल्मी : नेपाली कांग्रेस मुसिकोटका नव निर्वाचित सभापती मोहन घिमिरेको जन्म साबिकको नेटा गाबिस, वडा न ४ आरुचौर (हाल मुसिकोट-१) मा भएको थियो। विद्यालय तह देखि नै तिक्ष्ण दिमागका घिमिरे अधिकांस क्लासहरुमा प्रथम हुने गर्दथे।
पढाईमा अब्बल भए पनि घिमिरेको स्वाभाव सानै देखि बिद्रोही प्रकृतिको थियो। उनी कक्षा -६ देखि नै नेबिसंघमा आबद्ध भएका थिए। बिद्यालयमा बेला बखत आन्दोलनको नेतृत्व गरेर घिमिरेले सानै देखि विद्यार्थी आन्दोलनमा योगदान पुर्याएका थिए।
२०५९ सालमा कक्षा-१० मा पढ्दै गर्दा संकटकालको समयमा उनले बिद्यार्थिहरुलाई आन्दोलित गरि बिद्यालयका शिक्षकहरुलाई भित्र राखी तालाबन्दी गरेका थिए। पछि तत्कालिन शाही सेनाले उनलाई नियन्त्रणमा लिएर बिद्यालय खोलेको थियो। त्यति बेलै उनको चर्चा जिल्लाभरमा सन्चार माध्यममा भएको थियो। उनी नेबिसंघ कार्यकर्ता भएको थाहा भए पश्चात केही घन्टा पछि सेनाले उनलाई रिहाई गरेको थियो।
राजधानी काठमान्डौको आर आर क्याम्पसबाट उच्च शिक्षा प्रारम्भ गरेका घिमिरे नेबिसंघको ईकाई समितीको सदस्य हुँदै सचिव सम्म भएर आफ्नो जिम्मेवारी कुशलतापुर्वक पूरा गरे। क्याम्पसमा कम र आन्दोलनमा बढी सकृय हुने घिमिरेले स्वअध्ययनलाई प्राथमिकता दिने गर्दथे। तत्कालिन समयमा राजा ज्ञानेन्द्रको प्रतीगामी कदमको बिरुद्ध दिनहु सडक आन्दोलनमा सहभागि भएका घिमिरे दोश्रो जन आन्दोलनको समय १५ पटक सम्म प्रहरी हिरासतमा बसेका थिए।
दोस्रो जन आन्दोलनको सफल अबतरण पश्चात घिमिरे केही बर्ष आर्थीक कारणले बैदेशिक रोजगारिको लागि युएई पुगे। बिदेसमा रहदा पनि उनको पार्टी र देस प्रतिको सकारात्मक झुकाव रहिरह्यो।
बैदेसिक यात्राबाट नेपाल फर्किएका घिमिरे नेपाली कांग्रेसको १३ औ महाधिबेसनमा गुल्मी क्षेत्र न २ को सचिव पदमा निर्वाचन लडि पराजित भएका थिए। त्यस पश्चात उनी निरन्तर रुपले नेपाली कांग्रेस गुल्मीको राजनितिमा सकृय रहदै आएका छन। नेपाली कांग्रेसको क्षेत्रीय सदस्यको रुपमा काम गर्दै आईरहेका घिमिरे पछिल्लो समय स्थानिय तहको गठन संगै नेपाली कांग्रेस मुसिकोट नगर कार्य समितिको सचिवको रुपमा कार्यरत रहदै आएका थिए।
२०४३ सालमा जन्मिएका घिमिरे ३४ बर्ष कै उमेरमा २०७८ आश्विन १९ गते सम्पन्न भएको मुसिकोट नगरपालिकाको प्रथम अधिबेसनबाट कांग्रेसको पार्टी सभापती पदमा करिब ६०% मत ल्याई बिजयी बनेका छन।
कांग्रेसजनको बिचमा उनी आफ्नो दृष्टिकोण स्पष्ट संग राख्न सक्ने र प्रतिपक्षी संग जुध्न सक्ने नेताको रुपमा चिनिन्छन। घिमिरेले पार्टीको हित बिपरित कुनै काम नगर्ने बिश्वास आम कार्यकर्ता तहमा रहदै आएको छ। नेपाली कांग्रेसको नगर सभापतिमा निर्वाचित भएका घिमिरे समाजसेवी व्याक्तित्व समेत हुन। उनले दर्जनौ संघ संस्थालाई सबल नेतृत्व प्रदान गरिसकेका छन।