शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले देश र जनताको पक्षमा काम गर्ने बताएका छन् । मन्त्रीमा नियुक्त भएपछि पदभार ग्रहण गर्दै मन्त्री पौडेलले कुनै व्यक्तिका लागि नभइ सिंगाे देश र जनताको पक्षमा काम गर्ने प्रतिवद्धता व्यक्त गरेका हुन् ।
पाैडेलले शिक्षा क्षेत्रको आमूल परिर्वतनका लागि काम गर्ने बताउँदै देश र जनताको पक्षमा शैक्षिक क्षेत्रबाट हुनपर्ने काम अहोरात्र खटेर परिणाम निकाल्ने गरी काम गर्ने बताए ।
‘भर्खरै पढ्दै कमाउँदै’ भन्ने कार्यक्रम सरकारले सुरु भएको बताउँदै शैक्षिक बेरोजगार र शिक्षा क्षेत्रमा देखिएका समस्याको सुधारका लागि आफू केन्द्रीत रहने उनको भनाइ छ ।
‘संविधानमा समाजवाद उन्मुख राज्य प्रणाली भनेका छौं,’ मन्त्री पौडेलले भने, ‘समाजवाद राज्य प्रणालीलाई आवश्यक पर्ने शैक्षिक सुधारका लागि आवश्यक जनशक्ति उत्पादन, नीतिगत सुधार र उत्पादित जनशक्तिलाई विभिन्न रोजगारमा जोड्दै समग्र शिक्षा क्षेत्रलाई गतिदिने काम गर्छु ।’