एनसेल टावरमा विप्लवको टार्गेट : बागलुङ सहित देशका दर्जनौ जिल्लामा आगजनी ।।

एनसेल टावरमा विप्लवको टार्गेट : बागलुङ सहित देशका दर्जनौ जिल्लामा आगजनी ।।

Badigad Online
1 Min Read

हेम विश्वकर्मा १६ साउन बुर्तिबाङ – प्रतिबन्धित नेत्र बिक्रम चन्द ‘विप्लब’ नेतृत्वको नेकपाले दुरसंचार सेवा प्रदायक कम्पनी एनसेलको टावरहरुलाई निशाना बनाएको छ । बुधबार बन्द घोषणा गरेको नेकपाले मध्यरातमा दर्जनौ जिल्लाका एनसेल टावरहरुमा आगजनी, विस्फोट र तोडफोड गरेको हो  ।

यसैबिच निसीखोला गाउँपालिका वडा नम्बर ७ राजकुटमा रहेको एनसेलको टावरमा आगजनी भएको छ । बुधबार राति करिब साढे ८ बजेको समयमा अज्ञात समूहले आजगनी गरेको इलाका प्रहरी कार्यालय बुर्तिबाङले जनाएको छ ।

टावरमा जडान गरिएको सबै तारहरु जलेर नष्ट भएकोे छ । टावरमा आगजनी भएपछि पश्चिम बागलुङको निसीखोला, ढोरपाटन, तमानखोला भु—भागहरुमा मोवाइल सेवा अवरुद्ध भएको बताइएको छ ।

यसैबिच पर्वत, म्याग्दी, कपिलवस्तु, डडेलधुरा, कैलाली, रुपन्देही, मोरङ झापा, ललितपुर, सिन्धुपाल्चोक, धादिङ, पूर्र्वी नवलपरासी, जिल्लाका एनसेल टावरमा आगजनी र विष्फोट गरिएको छ । उता अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वडा नम्बर ५ मा रहेको नेपाल टेलिकमको टावरमा पनि अज्ञात समूहले आगजनी गरेको छ । टावरमा क्षति पुगेपछि अहिले ति ठाउँहरुमा एनसेलका प्रयोगकर्ताहरुसँग संचार सम्पर्क टुटेको छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित