सागर भण्डारी,बडिगाड अनलाइन : नेकपा एमालेको १० औँ महाधिवेशन अन्तर्गत बडिगाड गाउँपालिकाका वडाहरुको वडा अधिवेशन सम्पन्न भएको छ । केन्द्रीय कार्यतालिका अन्तर्गत गाउँपालिका अन्तर्गत रहेका १० वटै वडामा सर्वसम्मत नेतृत्व चयन गर्दै प्रथम वडा अधिवेशन सम्पन्न भएको हो ।
जसअन्तर्गत वडा नं १ मा रेम बहादुर भुजेल, वडा नं २ मा खगिश्वर अर्याल वडा नं ३ मा गोपिराम काउचा, वडा नं ४ मा अन्नराम छन्त्याल र वडा नं ५ मा धुर्व घिमिरे अध्यक्षमा सर्वसम्मत चयन हुनुभएको नेकपा एमाले जिल्ला कमिटी सदस्य राजन पाइजाले जानकारी दिनुभयो ।
त्यस्तै वडा नं ६ मा फौज केसी, वडा नं ७ मा गगां गुरुङ, वडा नं ८ मा भिम बहादुर बलाल, वडा नं ९ मा दिपक केसी र वडा नं १० मा गुञ्ज बुढा अध्यक्षमा सर्वसम्मत चयन हुनुभएको पाईजाले बताउनुभयो ।
वडा अधिबेशनबाट आगामी २ वर्षका लागि ३१ जनाको कमिटी निर्वाचत भएको छ । कार्यसमितिमा अध्यक्ष, उपाध्यक्ष, सचिव र २ जना उपसचिव गरि ५ जनाको पदाधिकारी निर्वाचित भएका छन् ।
वडा अबिधेशनमा ५ जना संगठित सदस्य बराबर १ जना गाउँ/नगर प्रतिनिधी बन्न पाइने व्यवस्था रहेको छ । त्यस्तै दलित/महिला/जनजातीको हकमा ३ जना संगठित सदस्य बराबर १ जना प्रतिनिधी बन्न पाइने व्यवस्था रहेको छ ।
निर्वाचनको केन्द्रिय तालिका अनुसार कात्तिक ९ गते गाउँ, नगरपालिका अबिधेशन सम्पन्न हुदैछ ।