एमाले अधिवेसन : बागलुङका धेरैजसो वडामा सर्वसम्मत नेतृत्व !

एमाले अधिवेसन : बागलुङका धेरैजसो वडामा सर्वसम्मत नेतृत्व !

Badigad Online
5 Min Read

बागलुङ/ नेकपा एमालेको शनिबार धेरैजसो वडाका पहिलो अधिवेसन सम्पन्न भएका छन् । केही वडामा भने तयारी पुरा नभएकोले रोकिएका छन् । बागलुङ नगरपालिका वडा नं. ३ को अधिवेसन उद्घाटन गर्दै केन्द्रीय सदस्य मनकुमारी केसीले पार्टी बलियो बनाउन प्रतिवद्ध कार्यकर्ता चाहिने बताइन् । कार्यक्रममा नगर प्रमुख जनकराज पौडेलले युवालाई सक्रिय बनाएर अगाडि बढ्दा निर्वाचन र पार्टी संगठनमा सफल भइने बताए ।

अधिवेसनले कमल खड्काको अध्यक्षतामा सर्वसम्मत कमिटि चयन भएको छ । उपाध्यक्षमा लक्ष्मण शर्मा, सचिव डोलेन्द्र केसी, उपसचिवमा रुपेश शर्मा र दुर्गाकुमारी शर्मा चयन भएका छन् । बागलुङ नगरपालिका वडा नं. १ मा सूर्य लामिछानेको अध्यक्षतामा नयाँ समिति चयन भएको छ । उपाध्यक्षमा मनोज बोहरा, सचिवमा नवराज गौतम तथा उपसचिवमा धना बोहरा र मुकुन्द शर्मा निर्विरोध चयन भएका हुन् ।

बागलुङ नगरपालिका वडा नं. २ मा तोयानाथ गौतमको अध्यक्षतामा नयाँ कमिटि चयन भएको छ । उपाध्यक्षमा बुद्धिमाया थापा, सचिवमा तेजबहादुरथापा तथा उपसचिवमा अञ्जन शर्मा र बिष्णु बिक रहेका छन् ।

बानपा ४ मा धेरै आकांक्षी भएकोले अध्यक्ष मण्डललाई जिम्मा दिइएको बताइएको छ । उक्त अधिवेसनमा अध्यक्ष इन्द्रलाल सापकोटा सहभागि थिए । बानपा ५ मा गोबिन्द सापकोटाको अध्यक्षतामा नयाँ समिति चयन भएको छ ।

वडा नंं ६ र ७ मापनि यो समाचार तयार पार्दासम्म टुंगो लागेको छैन् । वडा नंं ८ मा सुरेश मल्ल, वडा नंं १० मा बिजय थापा अध्यक्ष चयन भएका छन् । वडा नंं. ११ मा अधिवेसन शुरु भएको छैन । वडा नंं १२ मा ज्ञानेन्द्र ढकाल अध्यक्ष चयन भए । वडा नंं १३ मा टेकबहादुर रोका, वडा नंं १४ मा महेन्द्र शर्मा निर्विरोध अध्यक्षमा चयन भएका छन् ।

शनिवार अधिवेसन भएकामध्ये अधिकांसमा निर्विरोध पार्टी कमिटिहरु चयन हुने पार्टी अध्यक्ष इन्द्रलाल सापकोटाले बताए । पार्टीको तयारी कम भएको र अतिथि लैजान नसकेको भन्दै ताराखोला, बरेङ, निसीखोला र तमानखोलाका वडाहरुमा भने शनिवार कार्यक्रम शुभारम्भ मात्रै भएका छन् । ती पालिकामा कात्तिक १० गते भित्र अधिवेसन गरिसक्ने योजना बनेको सापकोटाले जानकारी दिए ।

जिल्लाको जैमिनी नगरपालिकामा सुरु भएको नेकपा एमालेको पहिलो वडा अधिबेशनले केही वडामा मात्रै सर्वसम्मत नेतृत्व टुंगो लगाएको छ । दश वडा रहेको नगरमा ६ वटा वडामा नेतृत्व टुंगो लागेको हो ।

जैमिनी–१ कुश्मीशेरा वडा कमिटिको अध्यक्षमा चन्द्र बहादुर थापा चयन भएका छन् , जैमिनी–२ मा नामदेव चापागाईं, वडा नं. ३ मा मोहन छन्त्यालको नेतृत्वमा कमिटि गठन भएको छ । वडा नं. ५ बिनामारेमा कृष्ण बहादुर हमाल, वडा नं. ७ जैदिमा हिरामणी चालिसे र वडा नं. ८ छिस्तीमा कुल बहादुर पुनको अध्यक्षतामा नेकपा एमाले वडा कमिटि गठन भएको गण्डकी प्रदेश कमिटि सदस्य लिला रानाले बताए । बाँकी वडाहरुमा शनिवार उद्घाटन भएको अधिबेशन जारी रहेकाले सर्वसम्मत नेतृत्व चयन हुने उनले बताए ।

यस्तै काठेखोला गाउँपालिकाका ६ वटा वडामा सर्वसम्मत नेतृत्व चयन भएका छन् । दुई वडामा अधिबेशन सुरु भएको भएपनि नेतृत्व चयन हुन समय लागेको हो । काठेखोला गाउँपालिका–८ लेखानीमा डम्मरसिंह घर्ती अध्यक्ष भए । वडा नं. ७ रेशमा भुमीराज शर्मा गौतम र वडा नं. ६ बिहुँमा थानेश्वर कँडेल नेतृत्वमा सर्वसम्मत कमिटि गठन भएको छ । वडा नं. ४ मा सुरेश घर्ती नेतृत्वमा वडा कमिटि गठन भएको काठेखोला गाउँ कमिटिका अध्यक्ष डिल बहादुर कार्कीले बताए । वडा नं. ३ धम्जामा खिम छन्त्याल र वडा नं. १ पालामा भीम बहादुर खड्का नेतृत्वमा सर्वसम्मत कमिटि गठन भएको हो । जैमिनी र काठेखोलामा अधिकांश पुरानै अनुहार देखिएका छन् ।

बडिगाड गाउँपालिका वडा नंं १ मा रिमबहादुर भुजेल, वडा नंं २ मा खगिश्वर अर्याल, वडा नंं ३ मा गोपिराम काउचा र वडा नंं ४ मा अनराम छन्त्याल अध्यक्ष चयन भएका छन् । वडा नंं ५ मा धुब्र घिमिरे, वडा नंं ६ मा फौजबहादुर केसी, वडा नंं ७ मा गंगाबहादुर गुरुङ, वड ा नंं ८ मा भीमबहादुर बलाल, वडा नंं ९ मा पानबहादुर केसी र वडा नंं १० मा गुञ्जमान बुढा अध्यक्षमा चयन भएका छन् । त्यस्तै ढोरपाटन नगरपालिका वडा नंं १ मा सुरज बिक, वडा नंं २ मा फारम कुँवर, वडा नंं ३ मा लीला छन्त्याल र वडा नंं ४ मा उमेश सिर्पाली अध्यक्ष चयन भएका छन् । वडा नंं ५ मा शिवराज कंडेल, वडा नंं ६ मा ज्ञानी बिक र वडा नंं ७ मा अमर बुढामगर अध्यक्ष चयन भएका छन् । समाचार तयार पार्दा वडा नं. ८ र ९ मा कमिटि चयन भएको थिएन ।

एमालेमा यसरी वडा तहमा गरिएको अधिबेशन पहिलो हो । Dhorpatannews

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित