बडिगाडमा फर्ममा चितुवा पसेर एक सय बढि कुखुरा मार्यो, चितुवा अहिले पनि फर्म भित्रै

बडिगाडमा फर्ममा चितुवा पसेर एक सय बढि कुखुरा मार्यो, चितुवा अहिले पनि फर्म भित्रै

Badigad Online
1 Min Read

बागलुङको बडिगाड गाउँपालिका– ९ मालारानीमा एक किसानको कुखुरा फर्ममा चितुवा पसेर एक सय बढि कुखुरा मारिदिएको छ ।

स्थानिय व्यवसायी दिल बहादुर थापाको कुखुरा फर्ममा आज विहान करिव साढे चार बजेको समयमा चितुवा पसेर फर्ममा रहेका सबै कुखुरा मारिदिएको हो । फर्ममा लगाइएको जाली च्यातेर चितुवा भित्र पसेको र अहिले पनि भित्रै रहेको थापाले बताउनुभयो ।

थापा भन्नुहुन्छ, विहान ४ बजे तिर कुखुरालाई दानापानी गर्न जाँदा चितुवा फर्म छिरेको थिएन, तर फेरी साढे चार बजे तिर बाहिर निस्कदा जंगलबाट चितुवा खोरमा पसेको थाहा भयो ।

स्थानिय दिलिप थापाका अनुसार, चितुवाले बाहिर निस्कने प्रयास गरेपनि बाहिर निस्कने बाटो नहुँदा अहिले पनि फर्म भित्रै छ । चितुवा नियन्त्रणका लागि सव-डिभिजन बन कार्यालय, बडिगाडमा खबर गरिएको थापाको भनाई छ ।

अहिले भिमगिठे प्रहरी चौकीबाट प्रहरी टोली पनि त्यहाँ पुगेको बताइएको छ । तस्वीर – दिलिप थापा ढोरपाटन पोष्टबाट

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित