भिरबाट लडेर मृत्यु भएका गुरुङको परिवारलाई थानपति दाँग जापान सम्पर्क समितिद्धारा सहयोग

भिरबाट लडेर मृत्यु भएका गुरुङको परिवारलाई थानपति दाँग जापान सम्पर्क समितिद्धारा सहयोग

Badigad Online
2 Min Read

बडिगाड अनलाइन : खर बोक्ने क्रममा भिरबाट लडेर मृत्यु भएका व्यक्तिका परिवारलाई आर्थिक सहयोग गरिएको छ । भिरबाट लडेर ज्यान गुमाएका बडिगाड गाउँपालिका वडा नं ५ दाँगका देविराम गुरुङको परिवारलाई थानपति दाँग जापान सम्पर्क समितिले आर्थिक सहयोग गरेको हो ।

दाँग स्थायी घर भई हाल वैदेशिक रोेजगारीका लागि जापानमा रहेका नेपालीहरुले सकंलन गरेको नगद रु ३० हजार रुपैयाँ गुरुङको घरमै पुगेर हस्तान्तरण गरिएको हो । दैनिक ज्याला मजदुरी गरी परिवारको जिविकोपार्जन गर्दै आईरहेका स्व.देविरामको मृत्यु पछि उनका सन्तानको विचल्ली भएको छ ।

सहयोग हस्तान्तरण गर्दै थानपति दाँग जापान सम्पर्क समितिका सदस्य चिन्तामणी पौडेलले गाउँकै ईमान्दार र लगनशील स्वं देविराम गुरुङको निधनले दुःखित बनाएको भन्दै उहाँको निधन पछि परिवार र छोराछोरी बिचल्लीमा परेकाले थोरै भएपनि राहत रकम हस्तान्तरण गरिएको बताउनुभयो । साथै उहाँले उक्त रकमको सही सदुपयोग गरि छोराछोरीको अध्ययन र लालनपोषणमा खर्च गर्न आग्रह गर्नुभएको थियो ।

सहयोग हस्तान्तरण कार्यक्रममा शिक्षक अर्जुन घिमिरे, सामुदायिक रेडियो पुष्पाञ्जलीका स्टशेन म्यानेजर प्रकाश घिमिरे, बडिगाड अनलाइनका समाचार प्रमुख सागर भण्डारी, स्व. गुरुङका परिवार र आफन्तजनको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन युवा समाजसेवी भानुभक्त पौडेलले गर्नुभएको थियो ।

स्व. देविराम गुरुङ दाँगमा अर्कैको घरमा भाडामा परिवार सहित बस्दै आएका थिए । दैनिक ज्यालामजदुरी गरेर परिवारको गर्जो टार्दै आएका उनको र्मत्यु पछि उनका ७ सन्तान अभिभावक विहिन बनेका छन् । भने उनीहरुको लालनपोषण र पढाई खर्चका लागि समेत आर्थिक अभाव भएको छ । उनका ४ छोरी र ३ छोरा र श्रीमती रहेका छन् ।

जसमध्ये २ छोरा शारिरिक रुपमा अशक्त रहेका छन् । उनकी जेठी छोरी १९ वर्षीय, माईली १५ वर्षीय, साईली छोरी ६ वर्षीय र कान्छी छोरी १० वर्षकी रहेकी छन् । त्यस्तै जेठा छोरा पुरन गुरुङ २० वर्षका छन् । उनी शारिरिक रुपमा अशक्त छन् । त्यस्तै माईलो छोरा बालक अवस्थामा आधा शरिर आगोले जलेको छ । उनी ५ वर्षका छन् । र कान्छा छोरा ५ वर्षका छन् ।

स्वं गुरुङ मृत्युपछि यतिबेला परिवारमा सकंट छाएको छ । स्थानीयले देश विदेशमा रहेका सम्पूणर्ले सहयोग गरेर उद्धार गर्न आग्रह गरेका छन् ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित