जनताले दिएको जिम्मेवारी गम्भीरता पूर्वक पुरा गर्नेछु : मन्त्री पौडेल !

जनताले दिएको जिम्मेवारी गम्भीरता पूर्वक पुरा गर्नेछु : मन्त्री पौडेल !

Badigad Online
2 Min Read

सागर भण्डारी,बाग्लुङ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले जनताले दिएको जिम्मेवारी गम्भीरता पूर्वक पुरा गर्ने बताउनुभएको छ ।

नेकपा माओवादी केन्द्र बडिगाड गाउँपालिकाले आयोजना गरेको शुभकामना आदान प्रदान तथा भेटघाट कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै पौडेलले जनताले दिएको अमूल्य मतका कारण आफुले मन्त्रालयको जिम्मेवारी पाएको भन्दै जनमतको कदर गर्दै जिम्मेवारी पुरा गर्न आफु सधै प्रतिबद्ध रहने बताउनुभएको हो ।

मन्त्री पौडेलले भौगोलिक रुपमा पिछडिएको बाग्लुङ पश्चिम क्षेत्रका जनताको पहुँच र प्रतिनिधित्व केन्द्रसम्म पुगेको भन्दै राजनैतिक मूल्य मान्यता र आस्था फरक भएपनि सम्पूणर् पार्टी मिलेर यहाँको विकासका लागि लाग्नुपर्ने धारणा व्यक्त गर्नुभयो । फरक प्रसगमा मन्त्री पौडेलले आजको शिक्षा उत्पादनसगं जोड्दै उत्पादनशील शैक्षिक जनशक्ति निर्माण गर्नुपर्ने भन्दै सार्वजनिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्ने र निजीलाई नियमन गर्ने कार्यमा आफु लागी पर्ने बताउनुभयो ।

मन्त्री पौडेलले अस्थायी र करार शिक्षकको व्यवस्थापन तथा दरबन्दी मिलानलगायत अल्झेर बसेका शिक्षा क्षेत्रका कामलाई अगाडि बढाउने प्रतिबद्धता पनि व्यक्त गर्नुभएको छ । कार्यभार सम्हालेपछिको पहिलो फाइल दरबन्दी मिलानकै सदर गरेको बताउँदै मन्त्री पौडेलले भन्नुभयो ,‘एकातिर शिक्षकको दरबन्दी अभाव र अर्कोतिर अस्थायी शिक्षकको समस्या छ ।

यो अवस्थाको अन्त्य गर्न मन्त्रालयले काम अगाडि बढाएको छ । ’ विशिष्ट परिस्थितिमा आफू मन्त्रालयको नेतृत्वमा आइपुगेको भन्दै उहाँले आफ्नो कार्यकाल शिक्षा क्षेत्रको सुधारमा खर्चने धारणा राख्नुभयो ।

कार्यक्रममा विशेष अतिथिको रुपमा बोल्दै गण्डकी प्रदेश सरकारका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री चन्द्र बहादुर बुढा सागरले प्रदेश र केन्द्रीय सरकारको समन्वयमा गण्डकी प्रदेशका जनताहरुलाई कोरोना खोप उपलब्ध गराई खोपयुक्त प्रदेश बनाउने कार्यमा प्रदेश सरकार लागि परेको बताउनुभयो ।

उहाँले सघिंयताको कार्यान्वयनसगैं गाउँ गाउँमा रहेका स्थानीय सरकाले के कति काम गर्यो भनेर मूल्याङ्कन गर्ने समय आएको भन्दै स्थानीय सरकार आएपछि केही गलत प्रवृत्ति पनि हावी भएको बताउनुभुयो । बडिगाड गाउँपालिकासगं जोडिएको मध्यपहाडी लोकमार्गनै यहाँको प्रमुख सम्भावना रहेपनि कतिपय वडामा अझै मोटरबाटो नपुग्नु दुःखद रहेको बताउनुभयो । समाजवाद उन्मुख राज्यको परिकल्पना गरेपनि हामी दलाल र पुँजीवादी चगुंलमा फसेको आरोप समेत लगाउनुभयो ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित