यस वर्ष न्वागी मेला हुने !

यस वर्ष न्वागी मेला हुने !

Badigad Online
2 Min Read

सागर भण्डारी,बडिगाड । कोरोना सक्रंमणका कारण २ वर्षदेखि रोकिएको न्वागी मेला यसवर्ष आयोजना हुने भएको छ । पश्चिमाञ्चल क्षेत्रकै ठूलो स्थानीय पर्व अर्थात् न्वागी पर्वका अवसरमा सञ्चालन हुँदै आएको न्वागी महोत्सव यस वर्ष आयोजन ागर्न लागिएको पौदी न्वागी मेला संरक्षण समितिले जनाएको छ ।

हरेक वर्ष न्वागी पर्वको अवसरमा आयोजना हुँदै आएको महोत्सव विगतका वर्षहरुमा कोरोना सक्रंमणका कारण सरकारले जारी गरेको लकडाउनका कारण हुन सकेको थिएन् । तर यस वर्ष बागलुङको बडिगाड गाउँपालिका-५ ग्वालीचौरस्थित खार बजारमा मसिंर ५ गतेदेखि मेला लाग्ने पौँदी न्वागी मेला संरक्षण समितिका सचिव विष्णु प्रसाद आचार्यले जानकारी दिनुभयोे । मेला आयोजना गर्ने औपचारिक निणर्य गरिएपनि विस्तृत रुपमा भने आईतबार छलफल गरी निणर्य गरिने उहाँको भनाई छ ।

मेलामा स्थानीय कला संस्कृति प्रदर्शन, राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुती सगैं कृषि मेला तथा अन्य विभिन्न प्रदर्शनी लाग्ने गर्दछ । यस मेलालाई पौदीबासीहरूले यस क्षेत्रकै पर्वको रूपमा मनाउने गर्दछन् । स्थानीयका अनुसार त्यस क्षेत्रमा उत्पादन हुने जर्डन प्रजातिको धानलाई दहीमा भिजाई, केरा, सिलाम, चिनी आदि राखी स्वादिष्ट न्वागी बनाई खेत भएका र नभएका दुवैले खाने गर्दछन् । खेत भएकाले खेत नभएकालाई पनि निम्ता गर्छन् भने आफ्ना आफन्त, इष्टमित्रलाई पनि न्वागी खुवाउने प्रचलन छ । दशकांैदेखि त्यस क्षेत्रमा न्वागी खाने मेला लाग्ने गरेको छ ।

ग्वालीचौरको खार बजारमा आयोजना गरिने प्रसिद्ध न्वागी पर्व बागलुङको बडिगाड, ढोरपाटन, गल्कोट, गुल्मीको मुसिकोट, ईस्मा गरी बागलुङ र गुल्मी जिल्लाको मात्र नभएर नेपालको पश्चिम क्षेत्रकै महत्वपूणर् पर्वको रूपमा स्थापित भएको छ । यो न्वागी पर्व बागलुङ, गुल्मी, प्यूठान, गोरखालगायत देशका विभिन्न भागमा पनि मनाइने गरिन्छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित