सागर भण्डारी,बडिगाड अनलाइन । न्वागी मेलाको तैयारी सुरु भएको छ । मसिंर ५ गतदेखि ८ गतेसम्म बाग्लुङको बडिगाड गाउँपालिकामा आयोजना गरिएको मेलाको कार्यक्रम र तैयारी सम्बन्धमा आईतबार पौँदी न्वागी मेला तथा संस्कृति संरक्षण समितिले बैठक बसी विभिन्न निणर्यहरु गरेको छ ।
पौँदेलीहरुको महान पर्व न्वागीको अवसरमा आयोजना हुँदै आएको न्वागी मेला विगत २ वर्षदेखि कोरोना सक्रंमणको कारण हुन सकेको थिएन् । तर यसवर्ष मेला आयोजना हुने भएपछि तैयारी सुरु गरिएको हो । सम्पन्न बैठकले मेलाको अवसरमा आयोजना गर्ने कार्यक्रमहरु सार्वजनिक गर्नुका साथै मेलालाई व्यवस्थित बनाउन विभिन्न समिति उपसमितिहरु निर्माण गरेको छ ।
मेलाको अवसरमा गाउँपालिका अध्यक्ष कप खुल्ला पुरुष भलिबल प्रतियोगीता,खुल्ला रेकर्ड डान्स प्रतियोगीता (एकल र समुहगत), खुल्ला साँस्कृति प्रतियोगीता लगायत कृषि मेला प्रदर्शनी र रमाईलो मेला कार्यक्रमको आयोजना गरिने भएको छ ।
बैठकले गाउँपालिका अध्यक्ष कप खुल्ला पुरुष भलिबल प्रतियोगीताका लागि राष्ट्रिय रेफ्री हिमाल केसी र खुम गाउँलेलाई रेफ्रीको जिम्मेवारी दिने निणर्य पनि गरेको छ ।
त्यस्तै कार्यक्रम सफल बनाउन गुणानिधि घिमिरेको सयोंजकत्वमा आर्थिक उपसमिति, काजिमान गौचन सयोंजक रहेको खुल्ला गाउँपालिका अध्यक्ष कप भलिवल प्रतियोगीता समिति,टिका बहादुर पाईजाको सयोंजकत्वमा खुल्ला रेकर्ड डान्स प्रतियोगीता समिति, राम बहादुर कुँवर सयोंजक रहेको खुल्ला साँस्कृति प्रतियोगीता समिति, चेतनारायण आचार्यको सयोंजकत्वमा कृषि मेला प्रदर्शनी समिति,ध्रुव बहादुर घिमिरेको सयोंजकत्वमा स्टल व्यवस्थापन समिति र बुद्ध पाण्डे सयोंजक रहेको प्रचार प्रसार समिति गठन गरेको छ ।
बैठकले कार्यक्रमका लागि बडिगाड गाउँपालिका तथा अन्य सघंसंस्थाहरुलाई आर्थिक सहयोगका लागि अनुरोध गर्ने निणर्य पनि गरेको छ ।
कोरोना सक्रंमणका कारण २ वर्षदेखि रोकिएको न्वागी मेला यसवर्ष आयोजना हुने भएको छ । पश्चिमाञ्चल क्षेत्रकै ठूलो स्थानीय पर्व अर्थात् न्वागी पर्वका अवसरमा सञ्चालन हुँदै आएको न्वागी महोत्सव यस वर्ष आयोजन ागर्न लागिएको पौदी न्वागी मेला संरक्षण समितिले जनाएको छ ।
न्वागी पर्व पौदीबासीहरूले विशेष महत्वकासाथ मनाउने गर्दछन् । उनीहरुले नयाँ धान उत्पादन गरेर न्वागी आएपछि मात्रै प्रयोगमा ल्याउने चलन छ । दशकांैदेखि त्यस क्षेत्रमा न्वागी खाने मेला लाग्ने गरेको छ ।
ग्वालीचौरको खार बजारमा आयोजना गरिने प्रसिद्ध न्वागी पर्व बागलुङको बडिगाड, ढोरपाटन, गल्कोट, गुल्मीको मुसिकोट, ईस्मा गरी बागलुङ र गुल्मी जिल्लाको मात्र नभएर नेपालको पश्चिम क्षेत्रकै महत्वपूणर् पर्वको रूपमा स्थापित भएको छ ।