बडिगाड गाउँपालिकामा ग्रामीण स्वास्थ्य सुधार, अन्तरक्रिया कार्यक्रम सम्पन्न !

बडिगाड गाउँपालिकामा ग्रामीण स्वास्थ्य सुधार, अन्तरक्रिया कार्यक्रम सम्पन्न !

Badigad Online
2 Min Read

टिचन यात्री मगर- बागलुङ : बडिगाड गाउँपालिकामा, ग्रामीण स्वास्थ्य सुधार परियोजना, दोस्रो चरणको समुदाय स्वास्थ्य प्राप्ताकं बोर्ड सम्बन्धि अन्तरक्रिया कार्यक्रम बुधबार सम्पन्न भएको छ । गाउँपालिकाको वडा न:१ को तुन्डाडामा कार्यक्रम सम्पन्न भएको हो ।

नियमित गर्भ जाच, विद्यालय स्वास्थ्य कार्यक्रम, स्वास्थ्य विमा कार्यक्रम, स्वास्थ्यको भाैतिक संरचना, खाने पानी तथा सरसफाइ सम्बन्धि, वडाका जनसमुदाय तथा बालबालिका हरुसँग अन्तरकृया कार्यक्रम गरिएको हो ।

सो कार्यक्रममा स्वास्थ्य समस्या बारे समस्या राख्ने क्रममा, गर्भवती महिलाहरुका लागि स्वास्थ्यचाैकीमा सुरक्षित कोठाहरु नभएको गर्भ जाचका लागी ल्याव, भिडियो एक्सरे लगायत स्वास्थ्य चेकजाच गर्ने उपकरणहरु नभएको स्वास्थ्यचाैकीमै सरसफाइ खाने पानी र टवाइलेट नहुदा समस्या रहेको बताएका थिए ।

त्यस्तै विद्यालयमा विद्यार्थी महिलाहरु महिनावारी भएका बेला सरसफाइका लागि पानी र छुट्टै कोठा नहुदा समस्या रहेको र विद्यार्थीहरुलाई स्वास्थ्य सम्बन्धि पढाइ हुनुपर्ने बताएका थिए । बिमा गराएका बिरामीहरुले स्वास्थ्य बिमामा उल्लेखित स्वास्थ्य चाैकिमा उपचार नपाउदा । उपचारकालागि बुटवल पोखरा लगायतका सहरहरुमा उपचारकालागि जानुपरेको । गाउँकै स्वास्थ्यचाैकीमा उपचार नपाएको गुनासो राखेका थिए ।

सोही वडामा खाने पानीको व्यबस्थित नहुदा सफ्फा र प्राप्त पानिको अभावले स्वास्थ्य बिग्रने र बिरामी हुने गरेको जनसमुदाय हरुको गुनासो थियो । उपस्थिति जनसमुदाय र विद्यार्थी बालबालिकाहरुले स्वास्थ्य क्षेत्रमा सुधार र व्यबस्थित गर्नुपर्ने आग्रह समेत गरेका छन् ।

वडामा रहेको दगातुन्डाडा स्वास्थ्यचाैकीको भाैतिक संरचना सानो र प्राप्त कोठाहरु नभएको र स्वास्थ्य चेकजाच गर्ने उपकरण मेसिनहरु नहुदा बिरामीहरुलाई स्वास्थ सेवादिन कठिन रहेको कार्यरत स्वास्थ्यकर्मीहरुले बताएका छन् ।

ग्रामीण स्वास्थ्य सुधार परियोजना आरहिपी बागलुङको, आयोजना रहेको उक्त कार्यक्रमको अध्यक्षता सोही वडाका अधक्ष्य बोम ब. थापाले गरेका थिए । सो कार्यक्रममा वडा अधक्ष्यले उपस्थित जनसमुदाय र बालबालिकाहरुसँग स्वास्थ्य समस्या र आगमी स्वास्थ्य सम्बन्धि लक्ष्यको बारेमा छलफल गरेका थिए । सो क्रममा अधक्ष्य थापाले वडा गाउँपालिका सम्बन्धि स्वास्थ्यचाैकी विद्यालय लगायत अन्य संस्था हरुसँग समन्वय गरि स्वास्थ्य क्षेत्रमा भएको समस्याको समधान र सुधारतर्फ आफु लागने बताए।

कार्यक्रम संचालन दगातुन्डाडा स्वास्थ्यचाैकिका प्रमुख हेम पुनले गरेका थिए,भने गाउँपालिकाका स्वास्थ्य संयोजक चुदामणी कंडेल, परियोजना अधिकृत जानकी पाठक लगायतले ´उपस्थिति समुदाय तथा बालबालिका हरुलाई स्वास्थ्य सम्बन्धि जानकारी गराएका थिए।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित