तुरतुरे ताल घट्दो, बडिगाड बढ्दो , मध्यपहाडी राजमार्ग चर्कियो

तुरतुरे ताल घट्दो, बडिगाड बढ्दो , मध्यपहाडी राजमार्ग चर्कियो

Badigad Admin
1 Min Read

दिनेश शर्मा बडिगाड बाग्लुङ श्रावण २०

तुरतुरे ताल को सतह घटेसङ्गै बडिगाड को सतह बढेको छ।मध्यपहाडी लोकमार्ग पुर्ण रुपमा बन्द भएको छ।तुरतुरे ताल को नजिकै यस अगाडी चर्केको बाटो बगिसकेको छ भने अहिले बडिगाड ७ घोकर्ना नजिकैको मध्यपहाडी लोकमार्ग मा नयाठाउमा फेरि चर्किएको छ ।भिमगिठे बुर्तिबाङ सडक खन्ड मा मोटरबाटो तिन ठाउमा पहिरो गैसकेपछी फेरि अर्को ठाउमा चर्किएको स्थान देखापरेको हो।यसरी हेर्दा बर्षा नरोकिएमा लोकमार्गमा थप क्षती हुने देखिन्छ।

गत राती देखी अबिरल रुपमा परेको बर्षा ले तुरतुरे तालको पानी निकासी हुने भाग केहि खुले सङ्गै ताल घटिरहेको छ भने तटिय क्षेत्र का बासिन्दा त्रसित हुने गरि बडिगाड खोला बढेको छ। बर्षा पुर्ण रुपमा नरोकिदा बैकल्पिक बाटो कहाँबाट कसरी अगाडी बढाउने भन्ने बिषय समेत अलमल मा परेको हो।भिमगिठे बाट बुर्तिबाङ जाने यात्रु हरु भिमगिठे बाट पैदल हिडि बैकल्पिक बाटो हुदै २ घन्टा लगाएर ढोरपाटन नगरपालिकाको खल्टुबोट जान बाध्य भएका छन।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित