सातौँ मालिका पुर्णिमा मेला सम्पन्न !

सातौँ मालिका पुर्णिमा मेला सम्पन्न !

Badigad Online
3 Min Read

सागर भण्डारी,मुसिकोट । गुल्मी जिल्लाको प्रसिद्ध धार्मिक पर्यटकिय स्थल कुर्घा मालिकामा बैकुण्ठ चतुर्दशीको अवसर पारेर आयोजना गरिएको सातौँ मालिका पुर्णिमा मेला सम्पन्न भएको छ ।

कार्तिक २८ गतेदेखि सुरु भएको कार्यक्रमको समापन समारोहलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि एवम् मुसिकोट नगरपालिकाका नगरप्रमुख सोमनाथ सापकोटाले मालिका मन्दिरको विकासका लागि नगरपालिकाले थुप्रै पूर्वाधारका कामहरु सम्पन्न गरेको बताउनुभयो । उहाँले मालिकासम्म आउनका लागि १२ महिनानै चल्ने गरी सडकको विस्तार भएको, घेराबार, खेलमैदान निर्माण लगायत अन्य थुप्रै कामहरु सम्पन्न भएको बताउनुभयो ।

कार्यक्रममा बोल्दै मुसिकोट नगरउपप्रमुख कमला शर्मा र नगरपालिकाका प्रमुख प्रशाशकीय अधिकृत खिमानन्द भुषालले गुल्मी जिल्लामै धार्मिक र ऐतिहासिक महत्व बोकेको मालिका मन्दिरको प्रचार प्रसारका लागि यस्ता मेला महोत्सवले ठुलो महत्व राख्ने बताउनुभयो । उहाँहरुले नगरपालिकाको सम्पतिको रुपमा रहेको मालिका क्षेत्रको विकास गरी आन्तरिक एवम् बाह्य पर्यटक बढाउन सकेमा समग्र नगरकै आर्थिक विकासमा ठुलो टेवा पुग्ने धारणा राख्नुभयो ।

मेलाका अवसरमा आयोजना गरिएको खुल्ला अन्तर पालिका वडा स्तरीय पुरुष भलिबल प्रतियोगितामा गल्कोट नगरपालिका वडा नं ५ प्रथम र तिरिमिरे रेष्टुरेण्ट मुसिकोट नगरपालिका ५ द्धितिय भएका छन् ।

कार्यक्रमको अन्तिम दिन आज ख्यातिप्राप्त कलाकारहरु दोहोरी च्याम्पियन बिजेता प्रकाश पराजुली, मिना बुढाथोकी, लोकगायक सन्तु थापा, गोविन्द विसी लगायतको सांगितिक प्रस्तुती गरेको थियो ।

कार्यक्रममा मुसिकोट नगरपालिका वडा नं ६ का वडाध्यक्ष खड्क बहादुर खड्का, मुसिकोट नगरपालिका स्वास्थ्य शाखा प्रमुख डिबी जिसी, स्वास्थ्य सहसयोंजक पुष्कर गौतम, समाजसेवी झविराम शर्मा, ज्ञानहरी सापकोटा, नेपाली काँग्रेस मुसिकोट नगरपालिका वडा नं ६ सभापति रामु गौतम लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमको सञ्चालन शिक्षकद्धय चिन्तामणी चालिसे र गोपाल रायमाझीले गर्नुभएको थियो । मालिका पुणर्िमा मेला व्यवस्थापन समितिले प्रत्येक वर्ष मालिका क्षेत्रको प्रचार प्रसार र प्रवद्र्धनका लागि मेलाको आयोजना गर्दै आईरहेको छ । वर्षहरुमा पनि मेला आयोजना हुँदै आइरहेको छ ।

यसैबीच आज बैकुण्ठ चतुर्दशीका अवसरमा मालिका मन्दिरमा मालिका देवीको दर्शन र पुजाआरधना गर्ने गरिन्छ । यस क्षेत्रकै प्रशिद्ध मानिने मालिका देवीको दर्शन गरि बर माग्दा आफ्नो मनोकाङक्षा पुरा हुने धार्मिक जनविश्वास रहदै आएको छ ।

प्रत्येक बर्ष शिब बैकुण्ठ चतुदर्शीको अबसरमा मालिका मन्दिरमा विशेष मेला महोत्सव पुजाआरधा,आफ्ना भाकलहरु चढाउने र मालिकादेवी दर्शन र सँगै मालिका मेलाको अवलोकन र मनोरञ्जनको लागि परम्परादेखि नै उल्लेख्य मात्रमा दर्शनार्थीहरुको आउने प्रचलन रहदै आएको छ । बिहानै देखि मालिका मन्दिरमा दर्शनार्थीको घुँईचो बढेको छ ।

मालिकाको दर्शन गर्न गुल्मी तथा छिमेकी बागलुङ र अर्घाखाची लगायतका जिल्लाका स्थानहरुबाट आज साँझदेखि नै कोही गाडीको माध्यमबाट त कोही पैदल यात्रा गरि हजारौँ श्रद्धालु भक्तजनहरु मालिका देवीको दर्शन गर्न आउने गछन् । तस्बिर : हुकुम थापा बडिगाड अनलाइन

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित