छबिलाल पाण्डे, बुर्तिबाङ : नेपाली काँग्रेसको १४ औँ महाधिवेशन देशभर जारी रहेको छ । शुक्रबारदेखि सुरु भएको प्रदेश क्षेत्रको महाधिवेशन शनिबार पनि जारी छ । बागलुङ क्षेत्र नम्बर १ र २ का ४ वटै प्रदेश क्षेत्रमा पनि सुरु भएको छ । चार वटै क्षेत्रमा सर्वसम्मत नेतृत्व चयन नभए पनि निर्वाचन भएको छ । सोही अनुसार बागलुङ क्षेत्र नम्बर २ ख मा पनि मतदान भएको छ ।
प्रदेश सभापती पदमा दुई जना, उपसभापतीमा ३ जना, सह–सचिवमा ३ जना र अन्य पदाधिकारीमा समेत सहमती हुन नसकेपछी मतदान प्रकृया अगाडी बढेको थियो । प्रदेश सभा २ अन्र्तगत ढोरपाटन नगरपालिका, निसीखोला गाउँपालिका र तमानखोला गाउँपालिकाका २२ वटा वडामा ३ सय ७७ क्षेत्रीय प्रतिनिधि मध्ये ३ सय ५२ मत खसेको छ ।
सभापती पदमा खगेन्द्रमान पुन र मेषलाल शर्माको उम्मेदवारी परेको थियो । पूर्व जिल्ला सदस्य रहेका शर्मा र तमानखोला गाउँपालिका निवर्तमान पार्टी सभापती खगेन्द्रमान पुन बीच चुनाव भएको थियो । उपसभापती पदमा इन्द्रबहादुर मल्ल, लक्ष्मी अदै र हिमाल विकको उम्मेदवारी परेको थियो । सचिव पदमा दुई जनाको उम्मेदवारी परेपछि दुई जना निर्विरोध चयन भएका हुन ।
निर्विरोध निर्वाचित सचिव हुनेमा हेमराज जैसी र हेमबहादुर बुढा रहेका छन् । सह–सचिव पदमा ध्रुव शेरचन, रविन्द्र घर्ती मगर, सुरज कुमार अदैको उम्मेदवारी परेको छ । प्रदेश महादिवेशन प्रतिनिधिका लागि महिलाको ३ पदमा ५ जना र पुरुषको ७ पदका लागी १२ जनाको उम्मेदवारी परेको छ ।
प्रदेश प्रतिनिधि खस आर्यबाट धनराम पुरी, आदीवासी जनजाती तर्फ पुनिकला घर्ती मगर, दलित महिला तर्फ इन्द्रकुमारी सिर्पाली निर्विरोध निर्वाचित हुनुभएको छ । आदीवासी जनजाती तर्फ १ पदका निम्ति केशव थापा र चन्द्रसिँह रामजालीको उमेदवारी परेको छ । दलित खुल्ला तर्फ हिक्मत जक्तपुरी र रेशम नेपालीको उमेदवारी परेको छ । अल्पसंख्यक तर्फ प्रेम कुमार छन्त्यालको उमेदवारी परेको छ ।