दुइ सरकार प्रमुख छलफल मा ,मध्यपहाडी तुरतुरे मा बाटो खुलाउन आजै डोजर लगाइने ।

दुइ सरकार प्रमुख छलफल मा ,मध्यपहाडी तुरतुरे मा बाटो खुलाउन आजै डोजर लगाइने ।

Badigad Online
1 Min Read

श्रावण २० दिनेश शर्मा बाग्लुङ – आज राती परेको अबिरल बर्षा ले खर्बाङ बुर्तिबाङ सडक खन्ड अन्तर्गतको तुरतुरे ताल नजिकै तुरतुरे मा पहिरो गइ झन्डै २०० मिटर बाटो भत्किएर बाटो पुर्ण रुपमा बन्द भएको छ । एकहजार मिटर भन्दा बढी लामो ताल बनेको उक्त क्षेत्रमा आज राती ताल को पानी ले सुरक्षित रुपमा बाटो अपनाए पछि सो पानी ले मोटरबाटो बगाएपनी अन्य मानबिय लगाएत कुनै पनि क्षती गरेको छैन । मोटर बाटो भत्किएपछि गाडीहरु अलपत्र परेका छन भने पैदल यात्री लाइ निकै ठुलो सास्ती बेहोर्नुपरेको छ।

यहि अप्ठ्यारो लाइ मध्यनजर गर्दै आजै बाट मोटरबाटो खुलाउन का निम्ती बडिगाड गाउपालिका का अध्यक्ष मेहरसिङ पाइजा ,ढोरपाटन नगरपालिका का मेयर देब कुमार नेपाली ,बडिगाड गाउपालिका का प्रमुख प्रशासकिय अधिकृत प्रदिपचन्द्र सुबेदी , बडिगाड १० का वडाअध्यक्ष्य बिरेन्द्र बुढा ,ढोरपाटन १ का वडा अध्यक्ष चित्र ब भन्डारीनिर्माण ब्यवसायी दिपक अदै , राजन पाइजा लगाएत छलफल जुटेका छन उक्त छलफल बाट छिटो भन्दा छिटो बाटो सुचारु गरि जनतालाइ राहत प्रदान गर्ने र अन्य बिषय मा छलफल गर्ने भन्दै आजै बाट डोजर लगाउने बताइएको छ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित