गएराती वामी बजारमा घर तोडफोड गरी नगद चोरी !

गएराती वामी बजारमा घर तोडफोड गरी नगद चोरी !

Badigad Online
1 Min Read

सागर भण्डारी,गुल्मी । गएराती वामीटक्सार बजारमा घर तोडफोड गरी नगद चोरी भएको छ ।

मुसिकोट नगरपालिका वडा नं ७ वामी पल्टार स्थित गोबिन्द सापकोटाको घरमा रहेका विभिन्न सघंसंस्थामा तोडफोड तथा चोरी भएको हो ।

उक्त घरमा रहको टेलर तोडफोड गरी चोरले करिब ७ हजार चोरी गरेको छ त्यस्तै लेभल अप कन्ट्रक्सनको कार्यालयबाट करिब ४० हजार नगद चोरी भएको व्यवस्थापक अर्जुन सापकोटाले बताउनुभयो । भने सोही घरमा रहेको ईन्फिनिटी लघुवित्तको कार्यालयबाट करिब ८ हजार नगद चोरी भएको प्रहरीले जनाएको छ ।

घरका सबै ताला अत्यन्तै चलाखी पुर्वक काटिएको र तोडिएको छ । उक्त घरमा रहेको सीसीटिभी क्यामेरा पनि सोही समयमा बन्द भएको पाइएको छ । यस प्रकारका घटना सामान्य मान्छेले गर्न नसक्ने वामी प्रहरी चौकिका सई जनक थापाले बताउनुभएको छ ।

उहाँले बजारबासीहरुलाइ साँझको समयमा अपरिचित तथा संकास्पद मान्छे देखिए अत्यन्तै चलाखिपुर्वक प्रहरीलाई खबर गर्न पनि आग्रह गर्नुभएको छ । त्रसित नहुन तर साबधान रहन उहाँको आग्रह छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित