गुल्मी । बिैदेशिक रोजगारको सपना देख्दै आएका गुल्मीको मुसिकोट नगरपालिका–१ ,सिम्ले गाउँका २६ बर्षीय मनु नेपाली जीवनमै पहिलो पटक सउदी अरब जानका लागि भिसा झरे लगत्तै उनको आधा मन स्वदेशमा थियो भने आधा मन साउदी उड्ने आकाशमा थियो ।
दुर्भाग्यः हिजो शुक्रबार दिउँसो उनि र उनकी २६ वर्षीया श्रीमती ज्ञानु परियार नेपाली समेतको विदेश जाने, कमाएर सुखी हुने सपना छिमेककै एक भिरले क्षणभर मै चुँडेको छ । अर्थात् भिरबाट एकै साथ लडेका उनीहरुको एकै साथ उपचारका क्रममा गुल्मी अस्पताल तम्घासमा ज्यान गएको छ।
काठमाण्डौंमा थिए साढे २ वर्षीय एक छोरा सहित मनु र ज्ञानु दम्पत्ती । मृतक मनुका माइला दाजु रामबहादुर नेपाली भन्छन् ‘विदेश जाने भिसा झरे पछि भाई निकै खुशी हुँदै यता घरमा हामीसँग फोनमार्फत खुशी साट्दै घरमा भेटघाट– विदावारी हुन आउँछु भन्यो । नभन्दै ५ दिन अघि मात्र उनिहरुको स–परिवार घर आएका थिए ।’
मनुको परिवार घर आएपछि दाजु रामबहादुरलाई बिदेश जानका लागि नपुग पैसा खोज्न लगाए । आफू भने आफन्तहरुसंग भेटघाट मै रमाए । नभन्दै दाजुले आबश्यक रकमको जोह पनि गरि दिए । विदेश उड्ने सपना दाजुले पूरा गराउन रकमको जोह गरि दिएपछि थप हर्षित भएका मनु र ज्ञानु दम्पत्ती दुई दिन पछि काठमाण्डौ हिड्ने तयारीमा थिए ।
त्यही क्रममा हिजो शुक्राबार विहान साढे ८ बजेतिर बाबु आमा र उनै दाजु संग ससुरालीहरुलाई भेटघाट गरि आउँछौं र काठमाण्डौ हिडौंला भन्दै श्रीमान , श्रीमति छोरा डोराउँदै घरबाट हिडेका थिए । उनीहरुको माईती घर सोही वडाको बाङ्गे गाउँमा हो । त्यसतर्फ जाँदै गर्दा बाटोमा उनीहरुलाई देख्नेहरु भन्छन् छोरो डोराउँदै उनीहरु निकै रमाउँदै हिडेका थिए । उनीहरु घरबाट हिडेर पौदीअमराईको भाटीमा आए । वडा कार्यालय नजिकको एक पसलमा चिया नास्ता गर्न पसे । त्यस पसलमा हिजो विहान संगै खाजा नास्ता गरेर बसेका मनुका भिनाजु लालाबहादुर नेपाली भन्छन् संगै बसेर अण्डा मटर तरकारी खाईयो।
त्यसपछि म उनिहरु संग विदा भएर अरेवा तिर हिडेको हुँ , हामीले त्यस पसलमा जाँड रक्सी केहि पिएका थिएनौं । ’ भिमगिठे घर भएका मनुका भिनाजु पनि १० दिन पछि विदेश उड्ने भएकोले भेटना आएका थिए । उनिहरु त्यहाँबाट हिडेर बाङ्गेतिर जाने प्रतिक्षलय नजिकै एक पसलमा बसेर कुराकानी गरिरहेको देख्ने त्यस वडाकी वडा सदस्य गिता बिक भन्छिन्‘ छोराले पापा… पापा.. भन्दै झ्याम्दिै थियो । उनिहरु बुढाबुढीहरु गफ गर्दै थिए । म त्यहाँबाट हिँडेर नगरपालिकाको बैठकमा पुंगे , दिउँसो त त्यस्तो सुन्नुपर्यो।
उनिहरु लडेको स्थान पौदीअमराई प्रहरी चौकीबाट करिव ३ किलो मिटर दक्षिण पुर्वमा पर्दछ । त्यस स्थान सिख्राको सामुदायिक वनमा पर्दछ । गोरेटोबाट देखि पुर्व अरेवातर्फ अनकन्टार भिर छ । उनीहरु श्रीमान श्रीमती त्यस गोरेटोबाटो देखि ८ देखि करिब ९ सय मिटर तल मोटरबाटामा मरणशन्य लडेको अवस्थामा भेटिएका थिए ।
पौदी अमराई प्रहरी चौकीका प्रमुख असई नवराज भट्टराई भन्छन् ‘ एक्कासी हिजो दिउँसो २ बजेर १० मिनेट जाँदा दुई जना मानिस भिर देखि तल लडेका छन भन्ने स्थानीयबाट खबर आयो । हामी तत्काल त्यहाँ पुग्दा उनीहरु श्रीमान श्रीमतीको अलि–अलि सास थियो । त्यसपछि हामीले उद्धार गरि अस्पताल पठाएका हौं ।
उनकाअनुसार उनिहरु लडेको स्थानमा एक जना शौंच बसेको दिशा भेटिएको छ । श्रीमान श्रीमती कुन चाँही दिशा बसे देख्ने कोही छैनन् । तर, एक जना दिशा बसी रहेको बेला भिरबाट खसेपछि बचाउन खोज्दा दुबै जना लडेको अनुमान गर्न सकिन्छ असई भट्टराईले भने छोरा भने माथी बाबु आमा लडेको ठाउँमा पा.. पा.,मम्मी .. मम्मी…,गर्दै थिए भनेर देख्नेहरुले भन्छन्।’
भाटीमा आई सकेपछि मनुकी श्रीमती ज्ञानुले माइतीमा फोन गरेर हामी भाटीमा आइपुुग्यौं अलि वर सम्म लिन आउनुस् भनेर दाजुलाई बोलाएकी थिइन् । तर, उनिहरु माइतीको बारी हेर्ने भन्दै मोटरबाटोबाट नहिँडेर गोरेटो बाटो डाँडातिर लागेको स्थानीयले बताए । मोटरबाटो बाटै बहिनी ज्वाँइलाई लिन आएका ज्ञानुका दाजु भन्छन मैले बाटोमा उनीहरुलाई देखिन , पछि एक्कासी त्यस्तो सुन्नु पर्यो ।
३ वर्ष अघि मात्र मनु र ज्ञानु बिच अन्तरजातिय प्रेम विवाह भएको थियो । विगतमा नेपाली र परियार बीच विवाहवारी परिवारजनले अस्वीकार गर्दथे । तर उनीहरुको दुबै परिवारले सहर्ष स्वीकार गरि सुखत दाम्पत्य जिवन विताउँदै आएका थिए । उनिहरु बीच बुटवलमा बस्दा लामो समय देखि प्रेम सम्वन्ध रहेको र त्यहीबाट विवाह गरेको परिवारजनले बताए ।
बिदेश जाने सपना पूरा गर्न मनुले किशोर अवस्था देखिनै संघर्ष गर्नु परेको थियो । उनले सानै उमेर देखि लामो समय सम्म दिल्ली लगायत भारतका विभिन्न शहरमा मजदुुर गरे । दोश्रो चरणको लकडाउनमा उनिहरु काठमाण्डौ स्थित दिदी संग बसेर विदेश जाने प्रकृयामा जुटे । नभन्दै केहि दिन अघि मात्र भिषा आयो । ती दम्पत्तीमा खुशीको वाहर छायो । दुर्भाग्य विदेश जानका लागि विदावारी हुन घर आएको पाँच दिन मैं मनु र ज्ञानु आफन्तहरुसंग सधैंका लागि एकै साथ विदा भए ।
लडेको ठाउँ र अलि तलको घर्षण देख्दा उनिहरु मध्ये एक जना लडी सके पछि तानेर बचाउन खोज्दा दुबै जना लडेको घटना स्थलमा पुग्नेहरु बताउँछन् । माईतीका लागि बोको पाहुरको झोलातुम्वो गोरेटो बाटो मै भएको र उनीहरुका नावालक छोरा–पापा तल खस्यो , ममी पनि खस्यो भन्दै चिच्चाउँदै गरेको स्थानीलय बताए ।
बाबु आमा एकै साथ गुमाएका ती वालकलाई बाङ्गे स्थित मावाली घर मै राखिएको र सिङ्गो गाउँमा रुवावासी चलेको छ । मनु र ज्ञानु टिकटकमा निकै रमाउँदै त्यही टिकटकले सबैलाई थप रुहाएको शनिवार शव बुझ्न आएका आफन्तजनले बताए । गुल्मीका प्रहरी प्रवक्ता डिएसपी पुर्षोत्तम प्रसाद पाण्डे भन्छन्–‘ कसरी दुबै जना खसे भन्ने अनुमान लगाउँनै गार्हो भएको छ ।
उनी थप्छन् –‘ उनीहरुले झोला पनि बाटैमा राखेका छन् । छोरा पनि माथी नै छ , दुई जना मध्ये एक जना खसेपछि बचाउन खोज्दा अर्को पनि खसेको अनुमान गर्न भने सकिन्छ ।’ उनकाअनुसार शनिबार विहानदेखि शव पोष्मार्टमको प्रक्रिया चलिरहेको छ । ग्लोबल आवाज