बुर्तिबाङमा गुडिरहेको बसको ढोकाबाट खसेर बडिगाडका काउचा घाईते

बुर्तिबाङमा गुडिरहेको बसको ढोकाबाट खसेर बडिगाडका काउचा घाईते

Badigad Online
1 Min Read

बुर्तिबाङ- बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका १ बुर्तिबाङ बाट काठमाण्डौको लागि छुटेको ना ५ ख २३९३ नम्बरको बसको ढोकाबाट खसेर एक यात्रु घाईते भएका छन् ।

बुर्तिबाङ देवचोकमा गुडिरहेको उक्त बसको ढोकाबाट खस्ने बडिगाड गाउँपालिका ४ निवासी बल बहादुर काउचा रहेको ईलाका प्रहरी कार्यलय बुर्तिबाङका प्रहरी निरिक्षक जयराम वन्तले बताउनुभयो । घाईते काउचाको खुट्टा र हातमा चोक लागेको र अहिले बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भैरहेको जनाईएको छ ।

करिव ४ बजेको समयमा घाईते काउचा बुर्तिबाङबाट काठमाण्डौ हिडेरको बसमा बडिगाडको खौलार सम्म जान भनि हिडेरको उल्लेख गरिएको छ । बस र बसका चालक प्रहरीको नियन्त्रणमा रहेको निरिक्षक वन्तले बताउनुभयो ।

घाईते काउचालाई बुर्तिबाङमा प्राथमिक उपचार पश्चात पोखरा रेफर गर्ने तयारी भैरहेको स्वास्थ्य केन्द्रले जनाएको छ । बसबाट यात्रु खसेपछि उक्त बसका यात्रुलाई अर्को बस मार्फत गन्ततव्य तर्फ पठाउने तयारी भैरहेको छ ।

 

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित