दिनेश शर्मा श्रावण ३०/ २०७६ बडिगाड बाग्लुङ – प्रदेश बाट परेको एक करोड को योजना मा बाटो निर्माण हुदै गर्दा स्थानिय हरु निकै खुसी भएका थिए तर असार को अन्तिम तथा साउन को पहिलो हप्ता मा निर्माण को ठेक्का पाएको राजन निर्माण सेवा नामक निर्माण कम्पनि ले काम सम्पन्न गरि गएको थियो तर साउन २० गते राती उक्त मोटर बाटो को दुइ ठाउको सिमेन्टेड पर्खाल भत्किएपछि स्थानिय हरु चिन्तित भएका छ्न भने केहिले सामाजिक सन्जाल फेसबुक मार्फत ठेकेदार को लापरबाही को कारण ले सिमेन्टेड पर्खाल भत्किएको भन्दै सार्बजनिक समेत गरेका छन |
उक्त बाटो बडिगाड ७ को भिमगिठे दोबटा बाट सुरु भै रणसिङ किटेनी,जलजला हुदै रमुवा पान्डबखानी जोडिने मोटरबाटो हो। उक्त बाटो निर्माण गर्दै गर्दा समयमै काम सम्पन्न नभइ बर्षात मा गुणस्तर हिन काम भएको हुदा उक्त बाटो भत्किएको स्थानियको आरोप छ। उता राजन निर्माण सेवा कम्पनी का ब्यवस्थापक खिम पुन ले बडिगाड अनलाइन सङ्ग कुरा गर्दै उक्त काम मा आफुले पनि अर्कै मान्छे काममा लगाएको भन्दै मानबिय अथवा प्राकृतिक कुन कारण ले बाटो मा क्षती पुगेको हो भन्ने अबलोकन पश्चात् मात्र बन्न सकिने बताए उनले भने “यदि निर्माण मा लापरबाही भएको हो भने हाम्रो पनि बिमा हुन्छ बिमा ले उक्त बाटो को पर्खाल निर्माण गर्छ।”तर स्थानीय यात्रु हरु भने बाटो बनेपछी सुबिधा पाइएला भन्दा दुख पाएकोमा चिन्तित छ्न।