छबिलाल पाण्डे ,बुर्तिबाङ : बुर्तिबाङमा बसले किच्दा एक जना गम्भीर घाइते भएका छन् । जिल्लाको ढोरपाटन नगरपालिका वडा नम्बर १ बुर्तिबाङ बजारमा बसले किच्दा बडिगाड गाउँपालिका वडा नम्बर ४ का ३१ वर्षीय बल बहादुर काउचा घाईते भएका हुन् ।
रुकुमको रुकुमकोटदेखि बुर्तिबाङ काठमाडौँ जाँदै गरेको ना ५ ख २३९३ नम्बरको बसले किच्दा काउचा घाइते भएका हुन् । आइतबार अप्राहन्न ४ बजेति बुर्तिबाङको देवचोकदेखि बडिगाड आफ्नो घरसम्म पुग्नका लागि बसमा चद्दै गर्दा अचानक बसको ढोकाबाट खसेपछि बसको पछिल्लो चक्काले किचेको प्रत्यक्षदर्शीले बताए ।
घाइते काउचाको खुट्टाको घुँडा र हातमा गम्भीर चोट लागेको छ । बसका चालकलाई इलाका प्रहरी कार्यालय बुर्तिबाङले नियन्त्रणमा लिएको छ । घाईतेलाई बुर्तिबाङ स्वास्थ्य केन्द्रमा सामान्य उपचारपछि थप उपचारका लागि पोखरा पठाइएको ढोरपाटन नगरपालिकाका स्वास्थ्य सम्योजक घनश्याम शर्माले जानकारी दिए ।