माननीय कमरेडको मुसिकोटको अभिव्यक्ति सन्दर्भ !

माननीय कमरेडको मुसिकोटको अभिव्यक्ति सन्दर्भ !

Badigad Online
5 Min Read
  • विपिन विश्वास रायमाझी

नेपालको वर्तमान केन्द्रिय राजनीतिमा रहेका यिनै राजनैतिक दल र यिनै नेतृत्वले आकाश खस्ने धर्ती भासिने भएको अवस्था बेगर कुनै नयाँ गर्ने छैनन र परिवर्तन सम्भव छैन भन्दै आएको छु ।

यदि तपाईं काङ्ग्रेस माओवादी भएकै कारण माननीय सांसदका विरुद्द मानसिकता बनाउनु भएको हो भने र मेरा कुरामा सहमति जनाउनु भएको हो भने पहिला आम नागरिक बनेर सोच्नुहोस् । अन्यथा काङ्ग्रेस भएकै कारण विरोधका लागि विरोधको तपाईको समर्थन वा सहभागीताले कुनै अर्थ राख्दैन ।

हाम्रा माननीय सांसद कमरेड गोकणर् विष्टको लगभग पुरै भाषण प्रविधिको सदुपयोग गर्दै सुनियो जहाँ न कुनै रस, न कुनै उल्लास, न कुनै उमङ्ग । नेताले भाषण गर्दा त समाज परिवर्तनका मुद्दाहरुमा बहस होस,युवा जनशक्ति मजदुरीको निम्ति अरब जानुपर्ने बाध्यात्मक अवस्थाको अन्त्यको निम्ति रणनीतिक योजनाहरु सुनाओस, नयाँ पुस्ताका माझ गुणस्तरीय एवम वैकल्पिक शिक्षाका योजनाहरु सुनाओस् ।

दीर्घकालीन आयोजना र द्रुत विकासका दुरगामी लक्ष्यहरु पहिचान गरोस युवा पुस्तालाई आकर्षण लगाओस् । समुदायमुखी र जनतामुखी भएर समाज र जनताको हितका मुद्दाहरुमा बहस गरोस अनि पो नेतृत्वदेखि कामै नगरेपनी सपनाहरु देख्न सिकाएकोमा धन्यवाद ज्ञापन गर्न पाईयोस तर त्यसको उल्टो यस्तो भयो ।

▪ माननिय ज्यु, यहाँ कुनै समाजका र आम नागरिकका मुद्दा लिएर आउनु भएको थिएन,बस औपचारिकता पूरा गर्नको निम्ति घुम्दै डुल्दै आउनु भएको थियो ।

▪ आफै अगुवा बनेर माधब नेपालहरुलाई पार्टी फुटाउन प्रेरित गरेका उनै माननीयले पटक पटक उक्त दललाई कुरिकुरी गराएको बिल्कुल सुहाएन ।

▪ माननीय ज्युले रिडि रुद्रवेणि वामीटक्सार सडकको विषयमा बोल्दै भन्नुभो बजेट आएको आई छ, ठेक्का सम्झौता भएको छ । काम सम्पन्न हुदैन, कस्ले गरेन बुझ्नुहोस, किन गरेन सोध्नुहोस ? मैले साङ्केतिक जानकारी दिए भन्नू भो । विकास निर्माणको काममा अवरोध जनाउने व्यक्ती समूह वा जोकोहिको बारेमा वहाँ आफैलाई जानकार रहेछ, वहाँ आफै उक्त दोषीलाई कारबाहीको पहल गर्ने ठाउमा हुनुहुन्छ र पनि गर्न सक्नुभएन अब दोषी को उक्त समूह, हामी आम नागरिक कि तपाईं ?

▪ तपाईको प्रशासन खुबी र नेतृत्वबाट र माननीय भएका नाताले कारबाही गर्न काम अघि बढाउन सक्नुहुन्न भने भन्नुहोस दोष कस्को हो हामी आम युवा दोषी सहित उक्त गलतलाई साथ दिने तपाईलाई पनि कारबाही गर्न तयार छौ ।

▪ भौतिक बिकासले मात्र आमनागरिक सन्तुष्ट हुने युग सकिएको जानकारी हुदा हुदै पनी उहाँको नजरमा अझैपनी विकास भनेको पानी, बिजुली, मोटरबाटोको अलवा केही होइन रहेछ, त्यो नगरपालिकाले गरेको छ र अबको चुनावमा विनाकुनै प्रचारप्रसार पनि वहाँहरुले निर्धक्क चुनाव जित्नुपर्ने भन्ने निष्कर्ष वहाँ आफैले निकाल्नुभयो ।

▪ बार्षिक ४ लाख युवा मजदुरीको निम्ति खाडि लगायत अन्यमुलुक पठाएर युवासंघ गठन गर्दै हिडन कस्तो मज्जा आएको हो, कस्का हकहितका लागि होला ? हो युवाकै हकहितका लागि तर चुनावमा बडिगार्ड बनाउने अगिपछी आतेजाते भाडामा सभा सम्मेलनमा आउने बेगर ती युवाहरुको जिवनस्तरमा बिनाकुनै लेप कुनै अग्रगामी परिवर्तन गर्न सकिँदैन भने किन चाहिए संघ-संगठन ??

आज माननीय ज्युले कतिको ख्याल गर्नुभो ? गर्नुभएन ?

मैले प्रत्यक्ष अप्रत्यक्ष रुपमा ख्याल गर्दा कुनै आम युवाको मुहारमा उत्साह देखिन (तपाई वा सिमित व्यक्तिबाट प्रत्यक्ष लाभान्वित हुने बेगरका युवामा )न त युवासङ्घको गठनमा युवाहरुको उत्साहजनक सहभागीता देखियो,न त उपस्थित युवाहरुमा उत्साह त्यसैले फगत औपचारिकता निभाउन मात्रको कार्यक्रम लाग्यो ।

तपाइको आजको भाषणको अन्तिम धेय आसन्न चुनावको तयारीको निम्ति केन्द्रिय नेतृत्वको औपचारिक उपस्थिति र आम नागरिकमा अझै बचेकुचेका भ्रम छर्ने बेगर कुनै उन्नत र अग्रगामी परिवर्तनका कुरा सुन्न पाईएन ।

त्यसैले आगामी निर्वाचनमा तपाईंहरुको बैकल्पिक नेतृत्व यो समाजले खोजेको छ,हामिले खोजेका छौं । बिगत दुई तीन दशकदेखि नेपाली राजनीतिको केन्द्रबिन्दुमा रहेको कम्युनिस्ट पार्टीको युवा नेताको कुनै छनक कतै देख्न पाईएन ।

धन्यवाद।

माथी उल्लेख गरिएका कुरा यदि तपाईलाई गोकणर् बिष्टको दल भन्दा विपरित दलको नेता कार्यकर्ता भएको नाताले विरोधका निम्ति विरोधको लागि जाती मान्नुभएको हो,सहमति जनाउनु भएको हो भने,आफ्नो सजिलो प्रचार गर्दियो भन्ने हेतुले जाती मान्नुभएको हो भने तपाईलाई पनि उनि सङ्गै एउटै तुलामा जोख्दा कत्ती फरक पर्नेछैन । तपाईं समाजका,वि कासका, परिवर्तनका मुद्दामा कुरागर्दा सबैभन्दा पहिले आम नागरिक हुन सिक्नुहोस अनि पार्टिको अगुवा वा झोले कार्यकर्ता ।

शिक्षा र स्वास्थ्य अनि रोजगार राज्यको दायित्वमा चाहान्छौ हामी अनि लड्छँौ परिवर्तनको मुद्दामा आम नागरिक र समाजको नेतृत्वदायी पात्र बनेर नाकी कुनै व्यक्तिगत एवम् पारिवारिक फाईदा बेफाईदा एवम कुन्ठाको निम्ति

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित