प्रमुख जिल्ला अधिकारी क्षेत्री सहित को टोलि तुरतुरे मा, बडिगाड तर्फ बाट एक हप्ता मा बाटो जोडिने ।

प्रमुख जिल्ला अधिकारी क्षेत्री सहित को टोलि तुरतुरे मा, बडिगाड तर्फ बाट एक हप्ता मा बाटो जोडिने ।

Badigad Online
2 Min Read

दिनेश शर्मा श्रावण २१/ २०७६ बडिगाड बाग्लुङ – आज प्रमुख जिल्ला अधिकारी लुक ब क्षत्री सहित को एक टोलिले तुरतुरे क्षेत्र को अबलोकन गरेका छन ।१९ गते राती तुरतुरे ताल मा रहेको पानी ले क्रमश बाटो अपनाएपछी बगेको मध्यपहाडी लोकमार्ग ले गर्दा बुर्तिबाङ सङ्ग को सिधा सम्पर्क टुटेको छ।यो समस्या ले गर्दा बुर्तिबाङ लगाएत ढोरपाटन ,निशिखोला तमानखोला लगाएत को क्षेत्र मा समस्या निम्तिएको छ भने यात्रु हरुले सास्ती भोग्नुपरेको छ।

आज देखिनै ढोरपाटन नगरपालिका तर्फ बाट डोजर लगाइ काम सुरु गरेको भएतापनि सो बाटो मा चट्टान बढी भै बाटो सम्पन्न हुन ढिलाइ हुने देखिए पछि प्रमुख जिल्ला अधिकारी क्षत्री ले मध्यपहाडी लोकमार्ग का इन्जिनियर हरु , बडिगाड गाउपालिका का अध्यक्ष मेहर सिङ पाइजा ,उपाध्यक्ष अम्मर ब श्रीस ,कार्यकारी अधिकृत प्रदिपचन्द्र सुबेदी ,वडा अध्यक्ष मौसमकाजी क्षत्री लगाएत सङ्ग छलफल गर्दै बडिगाड ७ को घोपर्ना बाट बाटो खनी तुरतुरे मा जोडि एकहप्ता भित्र बाटो सुचारु गर्न सकिने निष्कर्ष निकालिएको हो।

तुरतुरे अबलोकन मा प्रमुख जिल्ला अधिकारी क्षत्री सहित नेपाली सेना अर्जुनबाण गण घोडाबाधे का प्रमुख सेनानी भुवनराज देबकोटा,जिल्ला प्रहरी कार्यलय बाग्लुङ का निमित्त प्रमुख प्रहरी नायब उपरिक्षक झबेन्द्र भट्टराई ,राष्ट्रिय अनुसन्धान का प्रमुख नरेन्द्रराज गिरि,पत्रकार प्रकाश बराल सहित को टोलि ले अबलोकन गरि छिटो सन्चालन हुने बैकल्पिक मार्ग घोपर्ना हुदै तुरतुरे जोड्ने निर्णय गरिएको हो।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित