अनुराग चितामा जलिरहे ! ‘मन र मौसम रोइरह्यो’

अनुराग चितामा जलिरहे ! ‘मन र मौसम रोइरह्यो’

Badigad Online
5 Min Read

कपिलवस्तुका बैङ्कर तथा सफल ब्यवसायी अनुराग पाण्डेको अन्त्येष्टि भएको छ । मंगलबार राति कार दुर्घटनामा मृत्यु भएका ४० बर्षीय पाण्डेको बाणगंगा नगरपालिका वडा नम्बर ७ मा रहेको लक्ष्मणघाटमा अन्त्येष्टि गरिएको हो । पाण्डेको पार्थीव शरीरमा दाजु अनुराज पाण्डेले दागवत्ती दिनुभएको थियो । अन्त्येष्टिमा यस क्षेत्रका सयौँ ब्यक्तित्वहरुको सहभागिता थियो । अन्तेष्टिमा सहभागि सांसद, जनप्रतिनिधि, राजनैतिक दलका नेता, संघसंस्थाका प्रमुख लगायत सबैका आँखा रसाएका थिए ।

यसरी खरानी भए अनुराग

आकाशबाट दरदरी पानी परिरहेको थियो । अरु बेलाको जस्तो थिएन बुधबारको मौसम । विहानैबाट चिसो बढेको र संगै सिमसिम पानीरहेकाले कसैलाई पनि सहजता थिएन । उस्तै चिसो । उस्तै तयो मृत्युको पीडा । पोष्टमार्टम गरिसकेपछि बुटवलबाट अनुरागको शव स्थायी घर बाणगंगा २ पिपरामा ल्याइयो अनि चल्न थाल्यो एक्कासी रुवाबासी । जति समय घरमा पाण्डेको शव राखिन्थयो त्यति नै त्यहाँको पीडाको आयतन बढि नै रहने थियो । केहीछिन आमा र श्रीमती अनि अरु सदस्यलाई देखाइसकेपछि मौसम प्रतिकुलताका बाबजुत लक्ष्मणघाटतर्फ दाहसंस्कारको लागि पाण्डेको शव छिटोछिटो गरेर हिँडालियो ।

पानीको मतलब थिएन मानिसहरुलाई । लावालस्कर भएर सयौँ जनहरु मलामी हिँडे । कोही गाडीमा कोही मोटरसाइकलमा । कोहीकोही त साइकलमा पसिन । पिपराबाट १५ मिनेटमा लक्ष्मणघाट पुगियो । त्यहाँको चउर गाडी र मोटरसाइकलले भरियो । मानिसको आउजाउ चलिरहेको थियो । मालामीहरु टोलाइरहेका थिए । कतिपय घुँक्क घुँक्क गर्दै थिए । कतिपय अनुरागको मृत शरीर हेर्न तँछाडमछाड गरिरहेका थिए । पाण्डेको अन्तिम संस्कारको विधि पनि चलिरहेको थियो । घाट गएका केही मानिस पनि सायद नरोइकन फर्केनन् होला ।

यस्तैमा उहाँको शररिका कपडा फुकाल्ने काम हुँदै थियो । पण्डित कमल पौड्यालले अन्तिम संस्कार विधि बताइरहनु भएको थियो । कपडा फुकालेर पाण्डेको शरीर हेर्दा मृत्यु अपत्यारिलो लाग्छ । शरीरमा कहिँ कतै चोट देखिँदैन । तर उहाँको टाउको पछाडी चोट लागेको रहेछ । कानबाट रक्तश्राव भएको देखियो । रगतले पाण्डेले लगाएको गञ्जी पुरै भिजेको थियो । शरीरमा स्विटर, कोट, पाइन्ट थियो । तीमा पनि रगत लत्पतिएको थियो । पाण्डेको यस खालको दृश्य देखिरहँदा सबैले दुखको सुस्केरा निकालिरहेका थिए ।

झमझम पानी परिरहेको थियो । मलामी र आफन्तले चिता बनाए । अनि अनुरागको शवलाई चितामा सुताइयो । हेर्दा अनुरार भर्खर बोल्छ कि जस्तै लाग्थ्यो । अनुहारमा उस्तै मुस्कान र उर्जाले झल्किन्थ्यो । मोटो, घाटो, खाइलाग्दो शरीर देख्दा एकैछिन् सबै भावुक भयौँ । भकान्नियौँ ।

सबैको मुखबाट एउटै वाक्य आउँथ्यो ‘कालले पनि कस्तो मान्छेलाई टिप्यो आज’ । मानिसको आउजाउ चलि नै रहेको थियो । यत्तिकैमा २ जान पुरुष घुँक्क घुँक्क गर्दै रुदै चितामा लम्पसार परेका पाण्डेमाथि हाम फाल्न खोज्दै थिए । हामीले रोक्यौँ । सायद उहाँहरु अनुरागका आफन्त हुनुपर्दछ ।

यो दृश्यले सबै एकैछिन् स्तब्ध भए । चकमन्न भयो, त्यहाँको बातावरण । त्यहाँ कपिलवस्तुसहित बुटवल, रुपन्देही र अर्घाखाँचीका मान्छे थिए । सबैले हेरिरहेका थियौँ । बुबा र भाइविहिन दाजु त्यो मृत्यु र जाडोले लग्लग काँपिरहनु भएको थियो । गम्लम्म कपडा लगाएका हाम्रो त मुटु काँपिरहेको थियो ‘एक सरो सेतो कपडामा दाजु अनुराजलाई कस्तो पीडा थियो होला ।’ चिसो भुई । खाली खुट्टा । उहाँलाई आगो फुकेर छेउमा ताप्न लगायौँ । उहाँ सारै मलिन र अभिभावकविहिन देखनिुहुन्थ्यो । हामीले सक्दो ढाढस दिने कोसि गथ्यौँ । तर हामी आफैले आफैलाई सम्हाल्न सहिरहेका थिएनौँ । तै पनि उहाँलाई सान्तवना दियौँ ।

आँखा चिम्लेर उहाँले भाइको पार्थीव शरीरमा दागवत्ति दिनुभयो । यो दृश्व सार नै भावुक थियो । अनुरागको चितामा आगो दन्किरहेको थियो । पानी पनि परिरहेको थियो । मौसमले पनि रुन छोडेन यो दिन । मलाई लाग्छ अनुरागकै मृत्युको पीडाले हुनुपर्दछ मौसम र मनहरु नराम्ररी रोइरहेका थिए । पानी पर्ने क्रम रोकिएन । झन् झन् आकाशे पानीको मात्रा बढिरहेको थियो ।

तै पनि आगो दन्कियो र क्षणभरमा अनुराग खरानी भए । साँझ ५ बजेतिर सबै लक्ष्मणघाटबाट विदा भयौँ । फर्कदा पनि मलामीहरु सबै सञ्चो नभएजस्ता देखिन्थे । यसरी जिल्लाका एक होनहार र सबैका प्रिय अनुरागलाई विदा गरेर फर्कियौँ । अनुरागको मंगलबार राति १ ० बजेतिर मृत्यु भएको थियो । अनुरागका श्रीमती, आमा र दाजु भाउनु हुनुहुन्छ । – चन्द्रकान्त न्यौपाने,मायादेवी

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित