मुसिकोटमा पनि मनाईयो ‘राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’

मुसिकोटमा पनि मनाईयो ‘राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’

Badigad Online
2 Min Read

सागर भण्डारी,मुसिकोट । ४४ औँ ‘राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’ बुधवार देशभर मनाइएको छ । नेपाली कांग्रेसले देशभर अन्तकृया , गोष्ठी, आमसभा, याली, कोण सभा लगायतका कार्यक्रम गरी दिवस मनाएको हो ।

कांग्रेसले हरेक बर्ष पुस १६ गतेका दिनलाई पार्टीका संस्थापक बिपी कोइराला लगायतका नेता लामो निर्वासन अन्त्य गरी स्वदेश फर्किएको सम्झनामा ‘राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’ मनाउँदै आएको छ ।

यसैबीच गुल्मीको मुसिकोट नगरपालिकामा पनि मेलमिलाप दिवस मनाइएको छ । नेपाली कांग्रेस मुसिकोट नगरसमितिको आयोजनामा भएको कार्यक्रममा सहभागीहरुले पार्टीका संस्थापक बिपी कोइरालाले ल्याएको मेलमिलापको नितिका बारेमा बहस एबम् छलफल गरेका थिए ।

नेपाली काँग्रेस मुसिकोट नगर सभापति मोहन घिमिरेको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि एवम् नेपाली कांग्रेसका पुर्व जिल्ला सचिव हरिनारायण सापकोटाले मुलुकको रक्षाका लागि जनताकै बीचमा रहनुपर्दछ भन्ने सोचका साथ मेलमिलापको नीति लिएर स्वदेश फर्किएका बिपि कोइरालाका लगाएतका नेताहरुको नितिलाई नै अघि सारेर अघि बढ्नुपर्ने बताउनुभयो । उहाँले नेपालको राष्ट्रियता बचाउन बीपीले खेल्नुभएको भुमिका सवैले स्मरण गर्नुपर्ने भन्दै विपि कोइराला आफै एउटा नीति भएको बताउनुभयो ।

कार्यक्रममा बोल्दै नेपाल विद्यार्थी सघं रुद्रावती बहुमुखी क्याम्पस ईकाइ सभापति भुवन काफ्ले, नेपाली काँग्रेस छाया सरकार प्रमुख झविलाल भण्डारी, नेपाली काँग्रेस क्षेत्र नं २ प्रदेश सभा क उपसभापति फन बहादुर रायमाझी, नेपाली काँग्रेस जिल्ला कार्य सदस्य विष्णु राज भण्डारी, योगेन्द्र श्रेष्ठ लगायतले राष्ट्रिय एकताका लागि बिपि लगाएतका नेताहरुले खेलेको भुमिकालाई सबैले आत्मसाथ गरेर अघि बढ्नुपर्ने बताएका थिए । उनीहरुले पार्टि भित्र देखिएको गुट उपगुटलाई अन्त्य गरी मेलमिलापको निति सहित अगाडी बढेर आगामी चुनावमा काँगे्रसलाई जीत हासिल गराउने गरी लाग्नुपर्ने बताएका थिए ।

कार्यक्रममा नेपाली काँग्रेस मुसिकोट नगर उपसभापति सन्तोष शाक्य, सचिव सुस्मा सापकोटा, नेपाली काँग्रेस मुसिकोट वडा नं ४ सभापति गुप्त बहादुर कार्की, वडा नं ९ सभापति विश्वनाथ सापकोटा लगायतको उपस्थिति रहेको थियो ।

नेपाली काँग्रेस मुसिकोट नगर उपसभापति टिकाराम सापकोटाको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन सचिव भिमसेन केसीले गर्नुभएको थियो ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित