बागलुङको एउटै सहकारीमा श्रङ्खलाबद्ध चोरी !

बागलुङको एउटै सहकारीमा श्रङ्खलाबद्ध चोरी !

Badigad Online
2 Min Read

राम प्रसाद घिमिरे, बागलुङ : बागलुङको एक सहकारीमा बिहीबार राति चोरि भएको छ ।

गण्डकी प्रदेशको अग्रेणि सहकारी संस्थाको रुपमा परिचित बागलुङको सिवाईसी बचत तथा ऋण सहकारी संस्थाको गलकोट नगरपालिकाको केन्द्र हटिया बजारमा रहेको गलकोट सदस्य सेवा केन्द्रमा गएराती भल्टमा सुरक्षित राखिएको ६ लाख ४१ हजार १ सय ५० र काउन्टरमा रहेको १३ हजार ६ सय नगद चोरी भएको हो ।

राती १ बजेको समयमा सहकारीको कार्यलय रहेको घरको झ्याल तोडेर भित्र सेफमा रहेको र काउन्टरमा  रहेको रकम चोरिभएको सेवाकेन्द्र प्रमुख रिमा भण्डारीले बताइन। झ्लको ग्रिल निकालेर भित्र कोठामा रहेको सेफ पनि फुटाएछन् अवस्थामा फेला परेको छ । सहकारीमा चोरी भएको बारे शुक्रवार बिहान साढे नौ बजे मात्र थाहा भएको सेवा केन्द प्रमुख रिमा भण्डारीले बताइन ।”बिहीबार साँझ कार्यालय बन्द गरि घर गएका थियौं, भण्डारिले भनिन् ” शुक्रबार बिहान कार्यालय खोल्न आउँदा मात्र यस्तो अवस्था थाहा पायौं” ।

घटनाको स्थलगत विवरण बुझ्न केन्द्रिय सञ्चालक समितिका  सह-सचिव सुवास आचार्यको नेतृत्वमा एक टोली  अनुसार सहकारी, बैंकहरुको सबैभन्दा सुरक्षित मानिएको भल्ट नै तोडफोड गरि चोरि गरिएको देखिएकाले घटना समग्र बित्तिय क्षेत्रका लागि चुनौतिपुर्ण बनेकोले सुस्म अनुसन्धान हुनुपर्ने आचार्यले बताए । सेवा केन्द्रको आडमा रहेको एक पसलको सिसिटिभि फुटेजमा ३ जना पुरुषको टोली देखिएको तर पहिचान हुन नसकेको बताइएको छ ।

जिल्लाबाट गएको प्रहरी टोलीले आवश्यक अनुसन्धान थालेको छ । स्मरण रहोस् यस अघि पनि सोही सहकारीकै मालिक सदस्य सेवा केन्द्र, विहुँ सदस्य सेवा केन्द्र र अक्षेते सेवा केन्द्रमा कार्तिक २५ गते राती ३ लाख ७० हजार ४ सय ३५ रुपैया चोरी भएको थियो । एउटै सहकारीलाई नै पटक पटक चोरि हुनुले घटना निकै रहस्यमय रहेको सहकारीका एक सदस्यले बताए ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित