दिनेश शर्मा बडिगाड बाग्लुङ श्रावण २२ – तुरतुरे पहिरो मा बाटो खुलाउन दुइदिन अगाडी बाट काम गरिरहेको स्काभेटर आज अचानक रोकिएको छ।बुर्तिबाङ तर्फ बाट काम गरिरहेको डोजर रोकिएपछी आम जनता अन्योल मा परेका छन अहिले पहिरो झरेको केहि माथी बाट बैकल्पिक बाटो बनाउने प्रयत्न भइरहेको थियो । दुइ दिन अगाडी ढोरपाटन नगरपालिका का मेयर को पहल मा काम सुरु भएपनी त्यो बाटो खुलाउन कम्तिमा २० दिन भन्दा बढी लाग्ने आकलन गरिएपछी सामाजिक सन्जाल मा बिभिन्न ब्यक्तिहरुले बडिगाड गाउपालिका ७ घोपर्ना को बाटो सुचारु गर्न सरोकारवाला को ध्यान आकर्षण गराएका थिए ।
बाटो अबरुद्द भए लगत्तै बडिगाड गाउपालिका अध्यक्ष मेहरसिङ पाइजा प्रमुख प्रशासकिय अधिकृत प्रदिपचन्द्र सुबेदी लगाएत को टोलिले बाटो को स्थलगत अबलोकन गर्दै घोपर्ना कै बाटो जोडेमा छिटो छरितो र सहज हुने निर्क्यौल गरेको थियो । मङ्गल बार आएको प्रमुख जिल्ला अधिकारी लुक बहादुर क्षत्री को टोलिले पनि घोपर्ना कै बाटो निर्माण गरि तत्काल बैकल्पिक बाटो सुचारु गर्न मध्यपहाडी लोकमार्ग का इन्जिनियर लाइ निर्देशन गरेको थियो। दुइ दिन अगाडी बाट बाटो निर्माण गर्न लागिपरेको स्काभेटर भने काम गरेको पैसा कसले तिर्ने भन्ने टुङ्गो नभएको र सम्भाबित जोखिम बहन गर्ने निकाय नभएकोले डोजर रोक्नुपरेको निर्माण ब्यवसायी दिपक अदै ले बताए। यता बडिगाड गाउपालिका ले भोली बिहान देखी नै घोपर्ना हुदै तुरतुरे जोड्ने मोटरबाटो खुलाउन का निम्ती तयारी गरेको र भोली बिहानै डोजर ले काम सुरु गर्ने बडिगाड गाउपालिका का प्रमुख प्रशासकिय अधिकृत प्रदिपचन्द्र सुबेदी ले बडिगाड अनलाइन लाइ जानकारी दिएका छ्न।